logo

अर्थतन्त्रलाई तत्काल गतिशील बनाइँने सरकारको साझा न्यूनतम कार्यक्रम

    498   पटक पढिएको

२४ चैत/अर्थ र व्यापार – अहिले मुलुकमा देखिएको आर्थिक समस्यालाई सम्बोधन गरि अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने गरि सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
गठबन्धन दलहरुले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले अर्थतन्त्रमा देखा परेको मन्दी, औद्योगिक उत्पादन तथा व्यवसायीक क्षेत्रमा आएको ह्रास लगानी जोखिम वित्तीय क्षेत्रमा तरलता संकुचन लगायतलाई सम्बोधन गरि अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
‘अर्थतन्त्रमा देखा परेको मन्दी, औद्योगिक उत्पादन तथा व्यवसायीक क्षेत्रमा आएको ह्रास, लगानी जोखिम, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च ब्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन तथा पुँजी बजारमा आएको गिरावट लगायतका समस्यालाई आर्थिक वित्तीय र मौद्रिक नीतिको सामान्जस्य पूर्ण ढंगले कार्यान्वयन गरि अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने’ सरकारको न्यूनतम साझा कार्यक्रममा भनिएको छ ।
बजेट प्रणालीलाई नीतिगत, कार्यगत र प्रणालीगत रुपमा पुनर्संरचना गर्ने कार्यक्रमलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ । जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिजस्ता महत्वपूर्ण स्रोत साधनहरुको उच्चतम सदुपयोग गरी मुलुकलाई तिव्र आर्थिक विकासको बाटोमा डो¥याउनका लागि पुँजी निर्माण तथा परिचालन नयाँ प्रविधिको उपयोग, उत्पादक शक्तिक्षको क्षमता विकास र पूर्वाधरमा लगानी गरि उत्पादकत्व वृद्धि गरि समन्यायीक वितरणमा आधारित निती अवलम्बन गर्ने नीति तथा कार्यक्रम सरकारले सार्वजनिक गरेको छ । सरकारले मौलिक उत्पादनको अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।