logo

निर्माण उद्योगको समस्या र समाधानका उपायबारे अर्थमन्त्रीलाई महासंघको ब्रिफिङ

    481   पटक पढिएको


२३ चैत/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अर्थमन्त्रीलाई जानकारी गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले  नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटगरि हाल देसको निर्माण उद्योग असहज अवस्थामा रहेको अवगत गराउँर्दै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।
महासंघ अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले सार्वजनिक खरिद ऐन बमोजिम पाउनुपर्ने २० प्रतिशत मोबिलाइजेशन पेश्की नपाउँदा राज्यको ‘सप्लाई चेन’ मै समस्या आई समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको बताए ।
निर्माण व्यवसायीको ६० अर्ब रुपैया भन्दा बढी रकम भुक्तानी नभएको तर्फ अर्थमन्त्री महतको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिंहले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । मूल्यवृद्धिका कारण साना निर्माण व्यवसायीहरू अझ बढी मारमा परेको भन्दै उनले महासंघको हालै सम्पन्न २४ औं साधारण सभाबाट पारित घोषणापत्रबारे पनि मन्त्री महतलाई जानकारी गराएका थिए ।
मुलुकको समृद्धिका लागि पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्दै अध्यक्ष सिंहले सरकारलाई सबै किसिमको सहयोग गर्न व्यवसायीहरू तयार रहेको प्रतिबद्धता जनाए यसैगरि, महासंघ प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।
महासंघ प्रतिनिमिण्डलमा महासंघका सल्लाहकारहरू यक्षध्वज कार्की, जयराम लामिछाने, बरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी),उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, कार्य समिति सदस्यहरू अशोक कुमार केसी, दानबहादुर खड्का, निर्माण व्यवसायी गणेशबहादुर तामाङ, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायत सहभागी भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।