logo

निर्माण उद्योगको समस्या र समाधानका उपायबारे अर्थमन्त्रीलाई महासंघको ब्रिफिङ

    614   पटक पढिएको


२३ चैत/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अर्थमन्त्रीलाई जानकारी गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले  नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटगरि हाल देसको निर्माण उद्योग असहज अवस्थामा रहेको अवगत गराउँर्दै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।
महासंघ अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले सार्वजनिक खरिद ऐन बमोजिम पाउनुपर्ने २० प्रतिशत मोबिलाइजेशन पेश्की नपाउँदा राज्यको ‘सप्लाई चेन’ मै समस्या आई समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको बताए ।
निर्माण व्यवसायीको ६० अर्ब रुपैया भन्दा बढी रकम भुक्तानी नभएको तर्फ अर्थमन्त्री महतको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिंहले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । मूल्यवृद्धिका कारण साना निर्माण व्यवसायीहरू अझ बढी मारमा परेको भन्दै उनले महासंघको हालै सम्पन्न २४ औं साधारण सभाबाट पारित घोषणापत्रबारे पनि मन्त्री महतलाई जानकारी गराएका थिए ।
मुलुकको समृद्धिका लागि पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्दै अध्यक्ष सिंहले सरकारलाई सबै किसिमको सहयोग गर्न व्यवसायीहरू तयार रहेको प्रतिबद्धता जनाए यसैगरि, महासंघ प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।
महासंघ प्रतिनिमिण्डलमा महासंघका सल्लाहकारहरू यक्षध्वज कार्की, जयराम लामिछाने, बरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी),उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, कार्य समिति सदस्यहरू अशोक कुमार केसी, दानबहादुर खड्का, निर्माण व्यवसायी गणेशबहादुर तामाङ, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायत सहभागी भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।