logo

बरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठ समुहका उम्मेदवारले दर्ता गरे मनोनयन,एसोशिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि यो समुहको समर्थन भरतराज आचार्यलाई

    848   पटक पढिएको


२१ चैत/अर्थ र व्यापार – आगामी २८ र २९ चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार अन्जनकुमार श्रेष्ठ सहित उनको समुहका उम्मेदवारहरुले मंगलबार बिहान मनोनयन दर्ता गरेका छन् । बिहान १० बजे महासंघ सचिवालय टेकूमा पुगेर बरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार अन्जन श्रेष्ठ समुहका उम्मेदवारहरुले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् ।
अन्जन श्रेष्ठको समुहबाट व्यवसायी अरुणराज सुमार्गीले जिल्ला नगरतर्फको उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । यसैगरि, मनीषलाल प्रधानले वस्तुगततर्फको उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् भने एसोशिएट उपाध्यक्ष तर्फबाट उमेशलाल श्रेष्ठको समुहबाट हिजो उम्मेदवारी घोषणा गरेका भरतराज आचार्यले पनि अन्जन श्रेष्ठको समुहतर्फको समर्थन सहित उम्मेदवारी दर्ता गराएका छन् ।
आचार्यलाई अञ्जन श्रेष्ठको समूहले पनि समर्थन गरेको हो । अब एसोशिएट तर्फको उपाध्यक्षमा उमेशलाल र अञ्जन दुबै समुहका साझा उम्मेदवार आचार्य बनेका छन् । अञ्जनको समुहमा एसोशिएट उपाध्यक्षका उम्मेदवार प्रवलजंग पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि भरत आचार्य श्रेष्ठ द्दोय दुइवटै समुहको साझा उम्मेदवार भएका हुन् ।
बरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उम्मेदवार रामचन्द्र संघईको समूहबाट एसोशिएट उपाध्यक्षमा उम्मेदवारी दिएकी ज्योत्सना श्रेष्ठसँग अब आचार्यको प्रतिस्पर्धा हुनेछ । अझै आचार्यले ज्योत्सना श्रेष्ठसँग पनि सहमति गर्ने छलफल भइरहेको व्यवसायीहरुले बताएका छन् ।
यसअघि एशोसिएटतर्फ अन्जन समुहमा रहने गरी एक कार्यक्रममा औपचारिक रुपमा सार्वजनिक भएकी ज्योत्सना श्रेष्ठ एकाएक अर्का बरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार रामचन्द्र संघईको समुहमा पुगेकी थिइन् । सोही कारण अन्जन समुहमा एशोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे अघि सरेका थिए ।
मंगलबार सबै पदमा उम्मेदवारी दर्ता गराएका श्रेष्ठ समुहका व्यवसायीहरुको औपचारिक घोषणा भने भईसकेको छैन । यस अघि रामचन्द्र संघईले गत आइतबार साँझ लैनचौर बैंकटमा कार्यक्रम राखेर आफ्नो समुहका उम्मेदवार घोषणा गरेका थिए ।
बरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उम्मेदवार उमेशलाल श्रेष्ठले पनि हिजो सोमबार साँझ ललितपुरको हेरिटेज गार्डेनमा एक कार्यक्रमकाबीच औपचारिक रुपमा आफ्नो समुहका उम्मेदवारहरुको नाम घोषणा गरेका थिए ।
बरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले भने मनोनयन दर्तागरेपछि सबै पदमा उम्मेदवारहरु टुङ्गो लगाएर बुधबार औपचारिक रुपमा समुह घोषणा गर्ने तयारी गरेका छन् । महासंघको निर्वाचन कार्यतालिका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा सबै उम्मेदवारहरुले मनोनयन दर्ता गराईसक्नुपर्ने महासंघ निर्वाचनको तालिका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।