logo

महासंघको कार्यकारिणि समिति सदस्यमा युवा उद्यमी मनोज पौडेलको उम्मेदवारी,  देशभरका व्यवसायीको पक्षमा काम गर्ने  लक्ष्य 

    685   पटक पढिएको

२१ चैत/अर्थ र व्यापार – आगामी २८ र २९ चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि युवा उद्यमी मनोज पौडेलले कार्यकारिणि समिति सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।
युवा उद्यमी तथा अर्थशास्त्री मनोज पौडेलले एसोसियट तर्फबाट कार्यकारिणि समिति सदस्यकालागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
लन्डन स्कुल अफ इकोनोमिक्समा एम एस्सी गरेका पौडेलले देशभरीका व्यवसायको पक्षमा काम गर्ने उद्देश्यसहित महासंघको कार्यकारिणि समिति सदस्यमा उम्मेदवारी दिएको घोषणा गरेको बताए ।
उनले आफु महासंघको आगामी नयाँ नेतृत्वमा पुगेर पहुँचयोग्य लगानी, सबैको सशक्तिकरण, स्मार्ट समाधान र टीमवर्कको लागि काम गर्ने एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएको बताए । सबैको सहकार्यबाट नै अहिलेको अर्थतन्त्रको चुनौती समाधान गरी नेपाली उद्यम र उद्यमीका लागि जीवन्त र समृद्ध भविष्य निर्माण गर्न सक्ने पौडेलको भनाई छ ।
पौडेलसँग प्राइम कमर्सियल बैंकको संचालक, काठमाडौं टेक्निकल स्कुलको सह–संस्थापक, इन्स्टिच्युट फर गभर्मेन्ट एन्ड पब्लिक अफेयर्सका सह–संस्थापक, आध्यान्त फण्ड म्यानेजमेन्टका संस्थापकदेखि लिएर विकास साझेदारहरूका लागि अर्थशास्त्रीको रुपमा काम गरेको अनुभव छ ।
उनले भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरूमा पहुँच विस्तार, स्टार्टअपदेखि स्थापित व्यवसायहरूसम्म सबै व्यवसायहरूको वृद्धीको लागि सहयोगदेखि लिएर डेटामा आधारित समाधानहरूको विकासको लागि काम गर्ने बताएका छन् ।
पहुँचयोग्य र सुलभ लगानी – विकासका लागि नयाँ अवसर, भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरूमा पहुँच विस्तार ,न्यायपूर्ण वित्तिय र बैन्किङ अभ्यासहरूको पक्षमा काम,सार्वजनिक निजि साझेदारीको माध्यम बाट नवीन र दिगो अवसरहरू सिर्जना ,अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिले स्थापना गरेको एफडीआई हेल्पडेस्कको प्रभावकारी संचालन,सबैको सशक्तिकरण उनको योजना र चुनावी एजेन्डा रहेका छन ।
यसैगरि, पौडेलले स्टार्टअपदेखि स्थापित व्यवसायहरूसम्म सबै व्यवसायहरूको वृद्धीको लागि सहयोग , युवा उद्यमीहरूलाई स्टार्टअप(अनुकूल नीतिहरू र सोहि अनुरूपको साथ ,नेपालमा जो कोहिले व्यवसाय गर्ने प्रक्रियालाई सहज र सरल बनाउन मेहेनत,प्रत्येक प्रदेशमा व्यवसाय सहायता, विकास र वृद्धी केन्द्रहरूको स्थापना ,स्मार्ट समाधान – समस्या समाधान गर्न डेटामा आधारित निर्णय,प्रमाणमा आधारित नीतिहरूको लागि वकालत गर्न सार्वजनिक नीति विशेषज्ञताको उपयोग, व्यवसायीको पक्षमा सूचित निर्णय लिनको लागि अनुसन्धानको साथ ,चुनौतीहरू पहिचान गरी डेटामा आधारित समाधानहरूको विकास ,उद्योगहरूले सामना गर्नुपरेका समस्याहरू समाधान गर्न सरकारी निकायहरूसँग सहकार्य आफ्नो एजेन्डा अघि सारेका छन ।
यसैगरि, पौडेलले व्यवसाय गर्नका लागि सहयोगी वातावरण सिर्जना गर्न सरोकारवाला, व्यवसाय, बैंक, सरकार, विकास साझेदार सबैलाई एकजुट बनाउने माहोल सिर्जना , महासंघ र यसका सदस्यहरूबीच कम्युनिकेशनमा सुधारी आवाज सुन्ने र अप्ठ्याराहरु समाधान र महासंघको मिसनलाई अघिबढाउन महासंघका अध्यक्ष तथा निर्वाचित पदाधिकारीहरुलाई पूर्ण सहयोगका कामलाई पनि आफ्नो प्रमुख एजेन्डा र भावी योजनाका रुपमा अघि सारेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।