logo

नेउवा महासंघ बरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ समुहको उम्मेदवार सार्वजनिक

    867   पटक पढिएको

 

२० चैत/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले आफ्नो समुहको उम्मेदवार सार्वजनिक गरेका छन ।
सोमबार ललितपुरको हेरिटेज गार्डेनमा आयोजित प्यानल घोषणा कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष श्रष्ठले आफ्नो समुहबाट उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ, हेमराज ढकाल र भरतराज आचार्यलाई साथ लिएर उम्मेदवारी दिने व्यवसायीहरुको नाम सार्वजनिक गरेका हुन् ।
महासंघको आगामी २८ र २९ चैतमा हुने निर्वाचनकालागि उमेशलाल श्रेष्ठको समुहबाट उपाध्यक्ष पदमा जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएटतर्फ भरतराज आचार्यले उम्मेदवारी दिने भएका छन् ।
‘सक्षम निजी क्षेत्र, समृद्ध अर्थतन्त्र’ नारा लिएर चुनावी मैदानमा उत्रिएका श्रेष्ठको समुहले कमजोर पुँजीगत खर्च, व्यापार घाटा, बेरोजगारी, मूल्यवृद्धि, कमजोर पूर्वाधार, भ्रष्टाचार, निर्यात व्यापार, कमजोर व्यावसायिक वातावरण लगायतलाई अर्थतन्त्रका चुनौतीका रुपमा उल्लेख गरेको छ ।
यसैगरि, आफ्नो समुहका उम्मेदवारी घोषणा सभा कार्यक्रममा बरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठले महासंघले व्यावसायिक वातावरणमा सुधार गर्न नीति निर्माणका विषयमा बहस पैरवी गर्न सक्ने आफ्नो समुह धेरै बलियो रहेको बताए ।
यसैगरि, तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरी निजी क्षेत्रको विकासमा सहयोग गर्ने बताउँदै श्रष्ठले भने, ‘लगानीका अवसर पहिचान गरी अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न सकिन्छ । ’ उनले प्राकृतिक स्रोत, मानव पुँजी र व्यावसायिक वातावरणको सम्भाव्यतालाई अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न पनि आफ्नो समुहका व्यवसायी जित सुनिश्चित हुनुपर्ने दावी गरे ।
यसैगरि, नवप्रवर्तन व्यवसायलाई समर्थन र कर्पोरेट सामाजिक उत्तरदायित्व प्रवद्र्धनमा पनि महासंघले भूमिका खेल्ने उनले आश्वासन दिए । देसभरका सबै जिल्ला तथा एसोसियट क्षेत्रका व्यवसायीको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरुको पनि सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।