logo

सिरानमुनी पैसाको नोट राखेर सुत्ने व्यक्तिको खोजी गर्दै राष्ट्र बैंक

    1553   पटक पढिएको


२० चैत/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सिरानीमुनी पैसाको नोट राखेर सुत्नेहरुको खोजी भइरहेको बताएका छन् । गभर्नर अधिकारीले ओछ्यानमा नाटक गरी पैसाको नोटमाथि सुत्ने मान्छेको खोजतलासी भइरहेको जानकारी दिए ।
पछिल्लो समय बैंकमा तरलता अभाव हुँदा केही व्यक्तिहरूले सामाजिक सञ्जालमा पैसाको नोट बिछ्याएर सुतेको फोटो सार्वजनिक गरेका थिए । सोही विषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको गभर्नर अधिकारीले बताए ।
‘बजारमा पैसा कहाँ गयो ? कसले लुकायो भन्छन्, कसैले ओछ्यानमा नाटक गरी पैसाको नोटमा सुतेको फोटो देखिन्छ, त्यसरी ओछ्यानमा पैसाको नोटमाथि सुत्नेलाई राष्ट्र बैंकले अध्ययन गर्दैछ,’ उनले भने । गभर्नर अधिकारीले ‘ट्रेस’ गरेर ओछ्यानमा पैसामाथि सुत्ने व्यक्तिको खोजी गरिरहेको बताए ।
यसरी, पैसा माथि सत्नु गलत भएको बताउँदै गर्भनर अधिकारीले भने, ‘त्यो विषयमा हामीले ‘ट्रेस’ गर्दैछौँ, पत्ता लगाइ रहेका छौँ, त्यसरी पैसा माथि सुत्नु गलत हो, ती व्यक्तिको खोजी गरेर छानबिन गर्ने काम भइरहेको छ ।’
यसैगरि, उनले पछिल्लो समय बजारमा नोटको सर्कुलेसन घटेको भनाई छ । डिजिटल भुक्तानी बढेका कारण एकखर्ब रुपैयाँ बराबरको नोट सर्कुलेसन घटेको बताउँदै उनले भने, ‘पहिलाको भन्दा उल्लेख्य रुपमा सर्कुलेसन घटेको छ, डिजिटल पेमेन्टको असर धेरै राम्रो परेको छ, असार मसान्तमा सरकारको खर्च धेरै हुँदा र दशैँ तिहारमा नोटको सर्कुलेसन बढी हुन्छ तर, विगत २ वर्षदेखि नोटको सर्कुलेसन बढाउनु परेको छैन । ’
उनले २०७८ असोजमा सबैभन्दा धेरै ७२८ अर्ब रूपैयाँ बराबरको सर्कुलेसन भएकाले पछिल्लो तथ्यांक हेर्दा ६२७ अर्ब रूपैयाँमा झरेको जानकारि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।