logo

बैंकिङ तरलताको समस्या समाधानमा राष्ट्र बैंकको नयाँ प्रयास, ट्रेजरी बिल सोझै खरिद गरि २५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाइँदै

    777   पटक पढिएको

१६ चैत/अर्थ र व्यापार – अझै मुलुकमा कायमै रहेको बैंकिङ तरलताको समस्या समाधान गर्नकालागि नेपाल राष्ट्र बैंकले नयाँ प्रयास गरेको छ । जसकालागि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन ट्रेजरी बिल सोझै खरिद बोलकबोल (आउटराइट पर्चेज) गरि २५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ ।
राष्ट्र बैंकले आगामी असार मसान्तसम्म भुक्तानी अवधि भएका २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आउटराइट पर्चेजका लागि बोलकबोल आह्वान गरेको छ ।

आज बिहीबार ३ बजेसम्म आवेदन दिन सकिने सो आउटराइट पर्चेजको भोली शुक्रबार खरिद हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले बिक्री गर्न चाहेको ट्रेजरी बिल ५ करोड वा ५ करोडले भाग लाग्ने खरिद गर्न चाहेको रकमसम्म बोलकबोल पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षमा यसअघि पनि राष्ट्र बैंकले आउटराइट पर्चेज मार्फत ८३ अर्ब ८५ करोड रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाइसकेको छ । यसअघि गत ९ भदौमा २५ अर्ब, ६ असोजमा ४० अर्ब, २४ कात्तिकमा ३० अर्ब र ८ मंसिरमा २० अर्ब रुपैयाँ बराबरबको ट्रेजरी बिल आउटराइट पर्चेज मार्फत खरिद गर्न प्रस्ताव आह्वान गरेको भएपनि सो ८३ अर्ब ८५ करोड रुपैयाँ मात्रको खरिद गरेको थियो।
राष्ट्र बैंकले जानकारी गराए अनुसार ट्रेजरी बिल एक वर्षवा एकवर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
अहिले राष्ट्र बैंकले गरेको यस्तो नयाँ प्रयासले बैंकिङ तरलताको समस्या समाधानकालागि निकै सहयोग हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।