logo

एक महिनामै ८ फर्मलाई वाणिज्य विभागले तिरायो २५ लाख जरिवाना

    774   पटक पढिएको

५ चैत/अर्थ र व्यापार — वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फागुन महिनामा २८ व्यवसायिक फर्मबाट २५ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।
उपभोक्ता संरक्षण ऐन विपरित कार्य गर्ने होटल तथा रेस्टुरेन्ट, तरकारी तथा फलफूल, खाद्य वस्तु, मदिरा, अटो पार्टस्, रेडिमेट तथा थान कपडा, माछा मासु, फर्निचर लगायतका व्यवसायिक फर्मबाट जरिवाना असुल गरेको हो ।
विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार फागुन महिनाभर १ सय ९५ व्यवसायिक फर्ममा अनुगमन भएको थियो । तीमध्ये ऐन विपरित कार्य गर्ने २८ फर्मलाई जरिवाना गरिएको हो । ’१ सय ९५ फर्ममध्ये ९६ फर्महरु सामान्य अवस्थामा थिए ।
२८ लाई जरिवाना गर्दै ५३ व्यवसायिक फर्मको कागजात मागेर अध्ययन गरिरहेका छौं’ भट्टराईले भने ’४ फर्मलाई सुधार गर्न निर्देशन पनि दिएका छौं ।’ विभागले सबैभन्दा बढी होटल तथा रेस्टुरेन्ट व्यवसायबाट ७ लाख ७० हजार जरिवाना असुल गरेको छ । फागुनमा ५ होटल तथा रेस्टुरेन्टलाई जरिवाना भएको छ । तीन खाद्य पसलबाट ५ लाख ५ हजार, दुई मदिरा एवम सूर्तिजन्य पसलबाट ३ लाख ५ हजार, तीन तरकारी तथा फलफूल पसलबाट २० हजार जरिवाना असुल गरिएको विभागले जनाएको छ ।
त्यस्तै, दुइटा अटो पार्टस् फर्मबाट २५ हजार, एक रेडिमेट तथा थान कपडा पसललाई १५ हजार, एकफर्निचर एण्ड फिक्चर्सबाट २० हजार, माछामासु पसलबाट ५ हजार जरिवाना असुल गरिएको भट्टराईले बताए । ‘यी बाहेक अन्य क्षेत्रबाट ८ लाख ३० हजार रुपैयाँ जरिवाना असुल गरेका छौ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।