logo

एक महिनामै ८ फर्मलाई वाणिज्य विभागले तिरायो २५ लाख जरिवाना

    627   पटक पढिएको

५ चैत/अर्थ र व्यापार — वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फागुन महिनामा २८ व्यवसायिक फर्मबाट २५ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।
उपभोक्ता संरक्षण ऐन विपरित कार्य गर्ने होटल तथा रेस्टुरेन्ट, तरकारी तथा फलफूल, खाद्य वस्तु, मदिरा, अटो पार्टस्, रेडिमेट तथा थान कपडा, माछा मासु, फर्निचर लगायतका व्यवसायिक फर्मबाट जरिवाना असुल गरेको हो ।
विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार फागुन महिनाभर १ सय ९५ व्यवसायिक फर्ममा अनुगमन भएको थियो । तीमध्ये ऐन विपरित कार्य गर्ने २८ फर्मलाई जरिवाना गरिएको हो । ’१ सय ९५ फर्ममध्ये ९६ फर्महरु सामान्य अवस्थामा थिए ।
२८ लाई जरिवाना गर्दै ५३ व्यवसायिक फर्मको कागजात मागेर अध्ययन गरिरहेका छौं’ भट्टराईले भने ’४ फर्मलाई सुधार गर्न निर्देशन पनि दिएका छौं ।’ विभागले सबैभन्दा बढी होटल तथा रेस्टुरेन्ट व्यवसायबाट ७ लाख ७० हजार जरिवाना असुल गरेको छ । फागुनमा ५ होटल तथा रेस्टुरेन्टलाई जरिवाना भएको छ । तीन खाद्य पसलबाट ५ लाख ५ हजार, दुई मदिरा एवम सूर्तिजन्य पसलबाट ३ लाख ५ हजार, तीन तरकारी तथा फलफूल पसलबाट २० हजार जरिवाना असुल गरिएको विभागले जनाएको छ ।
त्यस्तै, दुइटा अटो पार्टस् फर्मबाट २५ हजार, एक रेडिमेट तथा थान कपडा पसललाई १५ हजार, एकफर्निचर एण्ड फिक्चर्सबाट २० हजार, माछामासु पसलबाट ५ हजार जरिवाना असुल गरिएको भट्टराईले बताए । ‘यी बाहेक अन्य क्षेत्रबाट ८ लाख ३० हजार रुपैयाँ जरिवाना असुल गरेका छौ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।