logo

सरकारले तोक्यो गहुँको न्युनतम समर्थन मूल्य, प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ

    723   पटक पढिएको

 

१४ फागुन/अर्थ र व्यापार – सरकारले चालु आर्थिक वर्षको लागि गहुँको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को वैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ तोकेको हो।
यो वर्षको समर्थन मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल १८७ रुपैयाँ बढी हो। गत वर्ष सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६४ रुपैयाँ ९० पैसा तोकेको थियो। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कृषि उपजको समर्थन मूल्य तोक्ने अभ्यास छ।
प्रतिक्विन्टल उत्पादन, उत्पादन लागतमा २० प्रतिशत मुनाफा र प्रतिक्विन्टल ढुवानी लागत समेतको हिसाब गरेर कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारण गर्ने गरेको छ।
कृषि मन्त्रालयले प्रतिक्विन्टल उत्पादन लागत २७२८ रुपैँया १५ पैँसा, प्रतिक्विन्टल उत्पादन लागतमा २० प्रतिशत मुनाफा ५४५ रुपैँया ६३ पैसा र प्रतिक्विन्टल दुवानी लागत ७६ रुपैँया ८८ पैँसा गरी गहुँको समर्थन मूल्य ३ हजार ३५० रुपैँया ६६ पैँसादेखि ३ हजार ३५१ रुपैँया तोक्न सिफारिस गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।