logo

टोखा–छहरे सुरुङमार्ग निर्माणकालागि ईआइए अध्ययन हुँदै

    819   पटक पढिएको


२ फागुन/अर्थ र व्यापार – टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि वातावरणीय प्रभाव अध्ययन (ईआइए) हुने भएको छ। २०७७ मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले सो सुरुङमार्गको पूर्व–संभाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलीटी) तयार पारेको थियो।
त्यसयता चाइनिज पक्ष नेपाल आएको छैन। तर, सडक विभागलाई इआइए अध्ययन गरेर प्रतिवेदन तयार गर्न आग्रह गरेको छ। सोहीअनुसार विभागले इआइए अध्ययनका गर्ने भएको हो।
विभागले करिब २ महिना पहिला इआइए अध्यनका लागि वन तथा वातावरण मन्त्रालयसँग अनुमति मागेको छ। विभागका महानिर्देशक (डिजी) अर्जुनजंग थापाका अनुसार वन मन्त्रालयले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने योजना स्थलमा शिवपुरी राष्ट्रिय निकुञ्ज पर्ने भएकाले पनि इआइए अध्ययनको स्वीकृति पाउन केही समय बढी लाग्न सक्ने अनुमान विभागका कर्मचारीको छ।
ईआइए अध्ययन सम्पन्नपछि सडक विभागले चिनियाँ टोलीलाई नेपाल बोलाएर थप छलफल गरी सम्भाव्यता अध्ययनको चरणमा पुग्ने बताइएको छ।
२०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा चीनले अनुदानमा सुरुङ मार्ग निर्माणको सम्झौता भएको थियो। सो समयमा सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीनबीच सम्झौता भएको थियो। सम्झौताअनुसार चीनले प्रारम्भिक चरणको अध्ययन २०७७ मा सम्पन्न गरी सकेको छ।
सो अध्ययन चाइना कम्युनिकेसनका प्रमुखसहित भूगर्भ, सुरुङ र राजमार्ग इन्जिनियरलगायत ९ जना प्राविधिक टोलीले गरेको थियो। चिनियाँ टोलीलाई प्रारम्भिक अध्ययन गर्न करिब एक महिना लागेको थियो। प्रारम्भिक अध्ययनअनुसार सुरुङको लम्बाइ ४ किलोमिटर हुनेछ ।
यसैगरि, चौडाइ २ तथा एकातिर ‘सर्भिस ट्रयाक’ हुने छ भने, लागत ३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यद्यपि आयोजनाको वास्तविक लागत भने विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पछि मात्रै एकिन हुने छ ।
रसुवागढी सडकको दूरी छोट्याउन सो खण्डमा सुरुङ निर्माण गर्न लागिएको हो। सुरुङ निर्माण भएपछि करिब १२ किलोमिटर दूरी घट्ने सडक विभागले जनाएको छ। अहिले रसुवागढी–स्याफ्रुबेंसी–धुन्चे पुग्ने गरेकोमा सुरुङमार्फत धुन्चे नपुगी रसुवागढीबाट स्याफ्रुबेंसी–मैलुङ दोभान हुँदै विदुर आउन सकिन्छ ।
यसैगरि, चीनले राजधानी काठमाडौंदेखि सीमा नाका रसुवागढीसम्म सडक बनाइदिने प्रतिबद्धता जनाएको छ। चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नुवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुबेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरी दिन चीन सहमत भएको छ।
पहिलो चरणमा काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किलोमिटर सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको हो।
काठमाडौंबाट गल्छी–स्याफ्रुबेंसी–रसुवागडीको दूरी १२८ किलोमिटर छ। काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुबेंसी हुँदै रसुवागडीको दूरी १५२ किलोमिटर छ। टोखा–छहरे गँगटे ४४ किलोमिटर छ । गँगटे–बेत्रावती १७, बेत्रावती–मैलुङ १०, मैलुङ–स्याफ्रुबेंसी १९, स्याफ्रुबेंसी–रसुवागढी १६ किलोमिटर छ ।
अहिले सो खण्डसहित धादिङको गल्छीदेखि रसुवागडीसम्म सडक निर्माधीन अवस्थामा छ। त्यस्तै चीन सरकारले नै गत पुसबाट केरुङ–रसुवागढी–काठमाडौं रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।