logo

राजस्व अनुसन्धान विभाग महानिर्देशकमा सापकोटा

    761   पटक पढिएको


२३ माघ/अर्थ र व्यापार – राजस्व अनुसन्धान विभाग महानिर्देशकमा नारायणप्रसाद सापकोटा नियुक्त भएका छन्।
हालका महानिर्देशक मदन दाहालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरूवा भएपछि विभाग महानिर्देशकमा सापकोटालाई नियुक्त गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार महानिर्देशकको रुपमा जिम्मेवारी दिएको हो। उनले आज (सोमबार) बाट विभागको कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको छ। यसअघि उनले सहसचिवको जिम्मेवारी सम्हालेका थिए।
यसैगरि, उनले यसअघि कर कार्यालय पोखरा कास्की, कृष्णनगर कर कार्यालय कञ्चनपुर, त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत साथै साढे २ वर्ष अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन्।
उनले पूर्व अर्थमन्त्री जनार्दन शर्माका पालामा ६ महिना भन्सार विभाग महानिर्देशकका रुपमा रहेर काम गरेका थिए ।
राजस्व अनुसन्धान विभागका लागि झलकराम अधिकारी, पूर्व भन्सार महानिर्देशक कमलप्रसाद भट्टराईलगायतले प्रयास गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सापकोटालाई रोजेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।