logo

दर्ता भएका उद्योग बन्द गर्नु कानुनविपरित : क्रसर व्यवसायी

    635   पटक पढिएको


८ माघ/अर्थ र व्यापार – क्रसर व्यवसायीले दर्ता भएका आफ्ना उद्योगका उत्पादन तथा बिक्री वितरण गृह मन्त्रालयले बन्द गराउनु कानुनविपरित भएको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी गृह मन्त्रालयको कदमप्रति आफ्नो धारणा व्यक्त गर्दै यस्तो आपत्ति जनाएको हो ।

यसअघि सरकारले नै क्रसर उद्योग नवीकरण नगरेको, तर अहिले भने नवीकरण नभएका उद्योग बन्द गर्न गृह मन्त्रालयले परिपत्र गर्नु कानुन विपरित रहेको संघको आरोप छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘दर्ता भई इजाजतपत्र लिई सञ्चालनमा रहेका क्रसर, बालुवा तथा खानी उद्योगहरु यथाशीघ्र नवीकरण गरियोस्, उद्योग स्थानान्तरणको सम्बन्धमा सरकारले तोकेको मापदण्ड कुनै पनि भूगोलमा व्यवहारिक नदेखिएकोकाले व्यवसायीको समेत प्रतिनिधित्व हुनेगरी अध्ययनका लागि समिति गठन गरियोस् ।’

सम्बन्धित निकायमा दर्ता नै नभएका तथा इजाजत नलिएका उद्योगहरुको उत्पादन भने बन्द गर्नुपर्नेमा संघले पनि जोड दिएको छ । बालुवा प्रशोधन गर्ने मात्रै उद्देश्य भएका उद्योगले ढुंगा, गिट्टी रोडा उत्पादन तथा क्रसिङ गरेमा त्यस्ता उद्योगहरु बन्द गर्न संघले माग नै गरेको छ ।
यसअघि गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई दर्ता तथा नवीकरण नभएका सबै क्रसर उद्योग बन्द गराउन परिपत्र गरेको थियो । सो परिपत्रपछि सबैजसो क्रसर उद्योग बन्द हुन पुगेका छन् । सबैजसो उद्योगहरुले इजाजत पत्र नवीकरण गरेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।