logo

समस्याग्रस्त अर्थतन्त्रको डायलसिस गरिरहेको छु :अर्थमन्त्री पौडेल

    778   पटक पढिएको

४ माघ/अर्थ र व्यापार – अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकार समस्याग्रस्त बनेको अर्थतन्त्रको डियलसिस गरिरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
भूकम्पले ढाल्न नसकेको, कोभिडले समस्यामा पार्न नसकेको समस्या अहिले किन आयो भनेर गम्भीर विश्लेषण गर्नुपर्ने अवस्था आएको बताउँदै उनले भने,‘राजस्व संकलन, पुँजीगत खर्च नबढ्ने जस्ता क्षेत्रमा अहिले चिन्ताजनक अवस्थामा हामी छौं।’उनले सरकार अनुत्पादक क्षेत्रको खर्च कटौतीमा रहेको अनुभूति दिने प्रयासमा रहेको बताए।
नेपाल चम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले २०८२ पछि पुराना ग्राहकलाई चालू पुँजी कर्जा लागू हुने गरी गरिएको व्यवस्था ठिक भएपनि ठूला र साना सबैले कारोबारको ४० प्रतिशत पाउने व्यवस्था हटाउनु पर्ने बताए ।
उनले अहिले जस्तो कसैलाई कारोबारको २० प्रतिशत कसैलाई ४० प्रतिशत कर्जा प्राप्त हुने व्यवस्था हटनुपर्ने पनि बताए । अहिलेको मौद्रिक नीति, अर्थनीतिले होटेल व्यवसायीलाई राहत नदिएको भन्दै होटेल व्यवसायी विनायक साहले पनि अब बनेको सरकारले समस्या समाधानको लागि अर्थमन्त्रीलाई आग्रह गरे ।
कार्यकममा नेपाल हाउजिङ एण्ड ल्याण्ड डेभलपरका अध्यक्ष इच्छा वाग्लेले बैंकहरूले ग्राहकले राख्ने धितोको ३० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था हटाउनु पर्ने बताए । उनले कम्तीमा ५० प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाको माग गरे। यसले अर्थतन्त्र चलायमान हुने उनको दाबी छ ।
यसैगरि, अर्थविद् स्वर्णिम वाग्लेले पनि अहिलेका बाहलवाला कर्मचारीलाई तालिम दिएरर राजस्व संकलन नबढने दाबी गरे । अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच बनाउनुभन्दा पनि चार्टर एकाउन्टेन्ट (सीए) हरुलाई हायर गरेर काम गर्ने हो भने राजस्व बढाउन सक्ने उनको धारणा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।