logo

क्यूआर कोडबाटै पाँच महिनामा नेपालीले गरे १९ अर्ब ३४ करोड भुक्तानी

    767   पटक पढिएको


२९ पुस/अर्थ र व्यापार– पछिल्लो समयमा नेपालीहरु बिच क्यूआर कोडबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ ।
चालु आथिर्क बर्ष २०७९/८० को वितेका पाँच महिना गत मंसिरमसान्तसम्मको अवधिमा क्यूआर कोडबाट मात्रै नेपालीले १९ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी गरेका हुन् ।
यो रकम गत आवको सोही अवधिको तुलनामा तीन गुणाले बढी हो । गत आवको मंसिर महिनासम्ममा जम्मा ६ अर्ब २८ करोड रुपैयाँ मात्र भुक्तानी भएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देसको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा यस्तो उल्लेख भएको हो ।
हाल नेपाल राष्ट्र बैकले विद्युतीय भुक्तानी अन्र्तगत क्यूआर कोर्डबाट भुक्तानी गर्न सर्वसाधारणलाई प्रेरित गरेको छ । यस्तो भुक्तानी प्रक्रियामा छुटको समेत व्यवस्था गरिएको छ । मोवाइलबाट नै यस्तो भुक्तानी हुने भएकाले यस प्रति मानिसको आकर्षण बढ्न थालेको हो ।
त्यस्तै, अहिले तरकारी पसल, किराना पसल देखि लिएर ठूला ठूला स्टोरमा समेत क्यूआर कोर्ड भुक्तानी हुन थालेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार समिक्षा अवधिमा क्यूआर कोडबाट ५१ लाख ९ हजार ६३१ पटक भुक्तानी भएको छ । गत आवको सोही अवधिमा भने १६ लाख ४९ हजार ३९७ पटक भुक्तानी भएको तथ्यांकले देखाएको छ ।
यसैगरि, गत कार्तिक महिनासम्ममा भने ४६ लाख १२ हजार ३०७ पटकको कारोबारमा १६ अर्ब १४ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।