logo

व्यवसायीको माग पूरा गर्ने अर्थमन्त्रीको आश्वासन

    638   पटक पढिएको


१५ पुस/अर्थ र व्यापार – नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीका मागलाई छिटै सम्बोधन गर्ने आश्वासन दिएका छन् । आन्दोलनरत उद्योगी व्यवसायीसँग भएको भेटवार्ताका क्रममा अर्थमन्त्री पौडेलले व्यवसायीलाई यस्तो आश्वासन दिएका हुन् ।
बैंकको चर्को ब्याजको विरोधमा सडकमा उत्रिएका उद्योगी व्यवसायीलाई वार्ताका लागि काठमाडौं बोलाएर बुधबार मन्त्री पौडेलले यस्तो आश्वासन दिएका हुन ।
अर्थमन्त्रालयमा बुधबार भएको भेटवार्तामा मन्त्री पौडेलले निजी क्षेत्रका मागप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै यस विषयमा विज्ञ टोलीसँग चाँडै परामर्श गरेर माग सम्बोधन गर्ने आश्वासन दिएको वार्तामा सहभागी मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।
वर्तामा मोरङ व्यापार संघसहित उद्योग संगठन, नेपाल उद्योग परिसंघ, नेपालगञ्ज, भैरहवा, विरगञ्ज र काठमाडौं उद्योगा वाणिज्य संघका प्रतिनिधिको सहभागिता थियो ।
सो भेटमा मन्त्री पौडेलले विज्ञ टोलीसँग परामर्श गरेर बुधबार वार्तामा सहभागी पाँचवटै निजी क्षेत्रका प्रतिनिधिसँग पुनः बसेर मागलाई सम्बोधन गर्ने सहमति भएको रिजालले बताए । उनका अनुसार निजी क्षेत्रका मागप्रति अर्थमन्त्री सकरात्मक देखिए पनि आगामी २७ पुससम्म आश्वासन पूरा नगरे २८ गतेदेखि पुनः आन्दोलन गर्ने उद्योगी व्यवसायीले चेतावनी दिएका छन् ।
उद्योगी व्यवसायीहरू बैंकको ब्याजदर एकल अंकको हुनुपर्ने, चालु पुँजी निर्देशीका खारेज गर्नुपर्ने, स्वदेशी बजार प्रवद्धनका लागि करका दरमा परिमार्जन गर्नुपर्ने, संस्थागत व्याजदर २ प्रतिशत हुनुपर्ने र स्प्रेडदरलाई स्वतन्त्र विज्ञ टोलीको सुझावमा मनोवैज्ञानिक बनाइनु पर्ने लगायत मागसहित सडकमा उत्रिएका थिए ।
सो भेटवार्तामा मोरङ व्यापार संघ, उद्योग संगठन र उद्योग परिसंघसहित तीन दर्जनभन्दा बढी वस्तुगत संघसंस्थाका प्रतिनिधिले चर्को ब्याजदरको विरोधमा बिहीबारदेखि यहाँको राष्ट्र बैंकमा धर्ना दिँदै आएका थिए । मन्त्रीले वार्ताका लागि बोलाएपछि उनीहरु मंगलबार आन्दोलन स्थगित गरेर काठमाडौं पुगेका थिए । व्यवसायीसँगको सो भेटपछि अर्थमन्त्री पौडेलले अब सरकारले निजी क्षेत्रसँग सहकार्य गरि अघि बढ्ने बताएको व्यवसायीले जानकारि गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।