logo

औद्योगिक क्षेत्रभित्रको भाडावृद्धि खारेज गर्न व्यवसायीको माग

    791   पटक पढिएको


४ पुस/अर्थ र व्यापार –आन्दोलनरत उद्योगी व्यवसायीहरुले औद्योगिक क्षेत्रभित्र भएको भाडाबृद्धिदर खारेज गर्न माग गरेका छन । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले औद्योगिक क्षेत्रभित्र भएको भाडावृद्धि खारेज नगरे सरकारले गम्भीर मूल्य चुकाउनुपर्ने चुनौती दिए।
 नेपाल उद्योग वाणिज्य महासंघ टेकुमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष पाठकले यस्तो माग गरेका हुन । उनले भाडावृद्धि खारेज गर्न माग गर्दै भाडाबृद्धिको निणर्य तत्काल फिर्ता नगरे सरकारले गम्भिर मुल्य चुकाउनुपर्ने चेतावनी समेत दिए । उद्योगीसँग समन्वय नगरी २०७५ सालमा बढेको भाडा कार्यान्वयन गर्न नपाइँने दावी गर्दै पाठकले भने, ’हामी आन्दोलित छौं, सरकारले त्यसको अवमूल्यन गरे गम्भीर मूल्य चुकाउनुपर्छ।’
पत्रकार सम्मेलन मार्फत भाडावृद्धि औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत भएको दाबी गर्दै महासंघले भाडावृद्धि फिर्ता नभए उद्योगहरुले औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई तिर्ने कुनै शुल्क नतिर्ने बताएको छ ।
सो कार्यक्रममा पाटन औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष शैलेन्द्र प्रधानले औद्योगिक क्षेत्रको यो भाडाबृद्धिका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो लिनुपर्ने आवाज उठाएका थिए । औद्योगिक क्षेत्र उद्योग महासंघका निवर्तमान अध्यक्ष समेत रहेका प्रधानले भने, ‘औद्योगिक क्षेत्र भाडा बिवादमा अख्तियारले के हेरेर बस्यो ? । ’
विगत २ सातादेखि औद्योगिक क्षेत्रका उद्योगीहरु संगठित रुपमा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडविरुद्ध आन्दोलनमा छन् । २०७५ सालमा बढेको औद्योगिक क्षेत्रको जमिनको भाडा तिर्न व्यवस्थापक सरकारी कम्पनीले ताकेता गरेपछि अहिले उनीहरु चर्को विरोधमा उत्रिएका हुन् ।
महासंघले भाडावृद्धि औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत भएको उनीहरुको दावी छ । भाडावृद्धि फिर्ता नभए उद्योगहरुले औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई तिर्ने कुनै शुल्क नतिर्ने महासंघले जनाएको छ ।
२०७५ साल मंसिरमा ओद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समिति बैठकले देशभरका १० वटै ओद्योगिक क्षेत्रको जमिनको भाडा बढाउने निर्णय ग¥यो । औद्योगिक क्षेत्रका उद्योगीहरुको दाबी अनुसार सो भाडावृद्धि बढाउने बोर्ड बैठकमा उद्योगीका प्रतिनिधिहरुले असहमति जनाएका थिए ।
सो समय मंसिरदेखि भाडावृद्धि गर्ने निर्णय भएपनि साउनदेखि नै वृद्धि गरिएको भाडा भुक्तानी गर्न उद्योगहरुलाई ताकेता गरिएको थियो । तर, उद्योगीहरुले भाडा नतिर्ने भन्दै तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई ध्यानाकर्षण गराएका थिए । त्यसपछि अहिलेसम्म भाडा बढेको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।