logo

बीमा प्राधिकरणले लघु निर्जीवन बीमा कम्पनीकालागि तोक्यो लगानीका क्षेत्र

    689   पटक पढिएको

३ पुस/अर्थ र व्यापार – नेपाल बीमा प्राधिकरणले लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुकालागि लगानीका क्षेत्र र सीमा तोकेकोे छ । प्राधिकरणले यस्ता बीमकलाई लगानीका लागि विभिन्न आठवटा क्षेत्र तोकेको जनाएको छ ।
प्राधिकरणका अनुसार बीमकले तोकिएको क्षेत्र भन्दा बाहिर गएर लगानी गर्न पाउने छैनन् । यसैगरि, घरजग्गा व्यवसायमा रहेको लगानीलाई कम्तीमा प्रत्येक तीन बर्षमा एकपटक मूल्यांकन गर्नुपर्ने प्राधिकरणले जनाएको छ । बीमकको निर्देशन अनुरुप कुल लगानीको आधारमा कायम गर्नुपर्ने लगानीको सीमा प्रत्येक दिन कायम गनुपर्नेछ ।
कुनै पनि कारणले मूल्य घटबढ भइ वा गाम्ने तथा गाभिने प्रक्रियाका कारणले निर्देशन बमोजिम न्यूनत्तम भन्दा कम र उच्चतम भन्दा बढी लगानी भएको देखिन आएमा त्यसरी सीमा नाघेको तीन कार्यदिन भित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याईसक्नुपर्नेछ । तर, मुद्धती निक्षेप वा डिवेन्चरमा गरिएको लगानी परिपक्क नभएसम्म सो रकम बराबरको लगानी बमोजिम भएको मानिनेछ ।
बीमकले लगानी गर्नुपर्नै बैक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको पूँजीकोष कायम गरेको हुुनुपर्नेछ । तोकेको सीमाभन्दा बढी निस्क्रिय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारबाहीमा नपरेको हुनुपर्नेछ । बीमकले लगानी गर्नुपूर्व लगानी नीति तयार गर्नुपर्नेछ । सो लगानी नीतिमा बीमकको लगानीमा रहन सक्ने अन्तर्निहित जोखिम र सोको व्यवस्थापन, सम्पति दायित्व तथा तरलता व्यवस्थापन, लगानी गर्ने सम्बन्धमा प्रक्रियागत व्यवस्था र अख्तियार प्रत्यायोजन, लगानीसँग सम्बन्धित आन्तरिक नियन्त्रण लगानी, लगानीका सम्बन्धमा सञ्चालक समिति तथा उच्च व्यवस्थापन समक्ष पेश गर्नुपर्नेछ ।
यसैगरि, लगानी गर्दा भुक्तानी गर्न बाँकी दाबी बराबरको रकम दुई बर्ष वा सो भन्दा कम अवधिको मुद्धती निक्षेपमा लगानी गरेको हुनुपर्नेछ । बीमकले सहायक कम्पनीमा लगानी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्नेछ । बीमकले आफनो कोषमा रहेको रकमहरुमध्ये नेपाल राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्धती निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्नेछ ।
प्राधिकरणको निर्देशन बमोजिम लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र, ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्रमा आफनो कुल लगानीको २५ प्रतिशत लगानी गर्नुपर्नेछ ।
यसैगरि, प्राधिकरणले यदी ऋणपत्रमा लगनी गर्न नसक्ने अवस्था आइपरेमा नेपाल राष्ट्र बैकबाट इजाजतपत्र प्राप्त क बर्गको बैक वा पूर्वाधार विकास बैंकको मुद्धती निक्षेपमा लगानी गनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।
त्यस्तै, बीमकले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क वर्गको बैक तथा पूर्वाधार विकास बैंकको मुद्धती निक्षेपमा कुल लगानीको ३० प्रतिशतसम्म लगानी गनुपर्नेछ । लगानी गर्ने बैंक कम्तीमा पाँच बर्षसम्म सञ्चालनमा आइ आफनो हिसाब किताबको नियमित लेखापरीक्षण गराई कम्तीमा तीन बर्षसम्म नाफामा रहेको हुनुपर्नेछ ।
यस्तो खालको बैंकमा कुल लगानीको बढीमा १५ प्रतिशतसम्म लगानी गर्न सकिनेछ । तर, सञ्चालनमा आएको ५ बर्ष नपुगेका बैंकमा कुल लगनीको बढीमा पाँच प्रतिशतसम्म मात्र एउटै बैंकमा लगानी गर्न सकिने छ । त्यस्तै, बीमकले विकास बैंकको मुद्धती निक्षेपमा कुल लगानीको बढीमा १० प्रतिशतसम्म लगानी गर्न गर्नुपर्नेछ ।
लगानी गर्ने बैक कम्तीमा ५ बर्षसम्म सञ्चालनमा आइ आफनो हिसाब किताबको नियमित लेखापरीक्षण गराइ कम्तीमा तीन बर्षसम्म नाफामा रहेको हुनुपर्नैछ । सञ्चालनमा आएको पाँच बर्ष नपुगेका विकास बैंकको संस्थाको हकमा कुल लगानीको बढीमा दुई प्रतिशतसम्म एउटै बैंक तथा वित्तीय संस्थामा लगनी गर्न सकिनेछ ।
वित्तीय संस्थामा भने कम्पनीले कुल लगानीको पाँच प्रतिशतसम्म लगानी गर्न पाउनेछन् ।सञ्चालनमा आएको पाँच बर्ष पुरा नभएको कम्पनीको कुल लगानीको बढीमा एक प्रतिशतसम्म एउटै बैक तथा वित्तीय संस्थामा लगानी गर्न सकिनेछ ।
बीमकले बैक तथा वित्तिय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर ऋणपत्रमा कुल लगानीको ३० प्रतिशत लगानी गर्न सक्नेछन् । लगानी गरिने कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत भन्दा बढी हुने गरी लगानी पाइने छैन ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनियमय बजारमा सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशत लगानी गर्न सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्रमा प्राप्त धितोपत्र विनियम बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा कुल लगानीको बढीमा १० प्रतिशत लगानी गर्न सकिनेछ ।
त्यसैगरि, नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा कुल लगानीको बढीमा ५ प्रतिशतसम्म मात्रै लगानी गर्न सकिनेछ । तर, कुल लगानीको एक प्रतिशत भन्दा बढी रकम एउटै योजनामा लगानी गर्न भने पाइने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।