logo

१० वर्षभित्र सातवटै प्रदेशमा केवलकार बनाउँछौं : ढकाल

    657   पटक पढिएको


३ पुस/अर्थ र व्यापार – नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी १० वर्षभित्र आफुहरुले सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेको बताएका छन् । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।
चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष समेत रहेका महासंघका बरिष्ठ उपाध्यक्ष ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गरी सञ्चालनमा ल्याउने लक्ष्य लिएको बताए ।
उनले आगामी तीन महिनाभित्र बुटवलमा निर्माण भैरहेको लुम्बिनी केवलकार सञ्चालनमा आउने पनि जानकारी दिए । उनले बुटवलमा बनिरहेको केवलकार तीन महिनाभित्रै सञ्चालनमा आउने जानकारि गराए ।
बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार दुई महिनाभित्र भौतिक संरचना निर्माण सम्पन्न हुने जानकारी गराउँदै उनले दुई महिनामा भौतिक संरचना निर्माण पछि तीन महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने र त्यसपश्चात केवलकार सञ्चालन हुने बताए ।
बुटवलमा केवलकार निर्माणपछि भारतीय पर्यटकहरूको चाप बढ्ने भन्दै उनले वसन्तपुर डाँडामा स्तरीय होटलसहित कामेश्वर महादेव भगवानको मन्दिर समेत निर्माण गरिने बताए ।
उनले जानकारी गराए अनुसार नेपालमा अहिले विशेषगरी चार वटा स्थानमा केवलकार सञ्चालनमा छन् ।
नेपालमा पहिलो पटक २०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको थियो । चितवनको कुरिनटारको चेरेबाट गोरखाको मनकामना मन्दिरसम्म २.८ किलोमिटरको लामो केबलकारबाट प्रत्येक वर्ष हजारौं पर्यटक तथा भक्तजन मनकामना पुग्ने गर्छन् । मनकामना केबलकार बनेको १७ वर्षपछि सञ्चालनमा आएको अर्को केवलकार चन्द्रगिरी केवलकार हो । काठमाडौ उपत्यकाभित्रै निर्माण भएको केवलकार २०७३ सालबाट सञ्चालनमा आएको थियो । त्यसपछि धमाधम देसका विभिन्न क्षेत्रमा नयाँ नयाँ केबलकार सञ्चालनमा आईरहेका छन भने केही निर्माणको क्रममा छ।
महासंघका बरिष्ठ उपाध्यक्ष ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताए ।
बुटवलमा आयोजित युवा व्यवसायी सम्मेलनमा ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीकालागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताए । ‘यदि तपाईंसँग आइडिया छ, तपाईं आमजनताको लागि काम गर्नुहुन्छ र इमानदारीसाथ काम गर्नुहुन्छ भने तपाईलाई लगानीको समस्या हुँदैन । बैंक तथा वित्तीय सस्थाहरु र लगानीकर्ताहरु तपाईलाई लगानी गर्न तयार हुन्छन् । अहिले भलै बैंकमा तरलताको समस्या देखिएको छ । तर मलाई लाग्छ यो समस्या लामो रहदैन । बिस्तारै सहज हुँदै जान्छ’ ढकालले भने ।
उनले हाल चर्को मूल्यवृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायी मारमा परेको बताए । अहिले निजी क्षेत्रले उठाएको एजेण्डाहरु निजी क्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रको सुधारको लागि रहेको भन्दै उनले निजीक्षेत्रका एजेण्डा भनेर वेवास्ता गर्दै जाने हो भने यसको परिणाम सबै नेपालीले भोग्नुपर्ने बताए ।
यसैगरि, उनले सरकारी संयन्त्रबिच एकआपसमा समन्वयको कमी रहेको यसको मार निजीक्षेत्रले खेप्नुपरेको बताए । रेमिट्यान्स, बैंकिङ तथा पर्यटन क्षेत्रको आफ्नो व्यवसायिक सफलताको उदाहरण दिँदै ढकालले राज्यको प्राथमिकता र आम जनताको सेवासँग जोडिएको कुनै पनि व्यवसाय सजिलै सफल हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।