logo

सरकारले सवारी साधन,मोबाइल र मदिराको आयात प्रतिबन्ध हटायो,१ पुसबाट कार्यान्वयनमा आउने

    1204   पटक पढिएको


२१ मंसिर/अर्थ र व्यापार– चौतर्फी दबाबपछि सरकारले महंगा सवारी साधन, मोबाइल र मदिराको आयात प्रतिबन्ध हटाएको छ । बढ्दो आयात नियन्त्रणको उपाएकालागि भन्दै विगत आठ महिनादेखि लगाउँदै आएको सवारी साधन, महंगा मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध मंगलबारको मन्त्रिपरिषद बैठकले हटाउने निणर्य गरेको हो ।
मन्त्रिपरिषद्ले गरेको यो निणर्य आगामी १ पुसदेखि लागू हुने छ । यसअघि आयातमा प्रतिबन्ध लगाइएका यि चार प्रकारका विलासिताका बस्तुहरुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा गठित समितिले आयातमा लगाइँदै आएको प्रतिवन्ध खुलाउन सिफारिस गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी गराउँदै मन्त्री बडुले आगामी मंसिरमसान्तपछि यस्ता बस्तुमाथी लगाईएको आयात खुल्ने बताए ।
हाल दैनिक उपभोग्य बस्तु लगायत हरेक क्षेत्र आयातमा निर्भर भएर देसको ढुकुटीमा विदेशी मुद्रा सञ्चितिदर ह्वात्तै घटेपछि सरकारले गत वैशाखदेखि विभिन्न १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये गत भदौमा सरकारले विभिन्न ६ प्रकारका बस्तुको आयात प्रतिबन्ध खुलाएर बाँकी ४ प्रकारका बस्तुहरुमाथीको आयात प्रतिवन्धलाई भने अहिलेसम्म कायमै राख्दै आएको थियो ।
यो मन्त्रिपरिषदको निणर्यपछि भने अब सबै प्रकारका निजी चारपांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध हट्ने छ ।
यसअघि निजी क्षेत्रका विभिन्न व्यवसायीक छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा अटो मोबाइल एसोसिएसन लगायतले यि विभिन्न चार प्रकारका बस्तुहरुमाथी लगाइँदै आएको आयात प्रतिवन्ध तत्काल हटाउन माग गर्दै सरकारलाई दबाब दिँदै आएका थिए ।
गत शुक्रबार मात्र नाडा अटो मोबाइल एसोसिएसनले लामो समयदेखि सवारीसाधन आयातमा लगाइँदै आएको प्रतिबन्ध नहटाएको भन्दै आगामी बिहीबारदेखि कडा आन्दोलन गर्ने घोषणा गरेको थियो ।
हाल कायम सवारी साधनको आयात प्रतिबन्धले मुलुकको अटो व्यवसाय धरासायी हुने अवस्थामा पुगेपछि सरकार र नेपाल राष्ट्र बैंकलाई दबाब दिन अटोमोबाइल व्यवसायीले आपूmहरू बाध्य भएर आन्दोलनमा जाने घोषणा गरेका थिए । सवारीसाधन लगायत विलासिताका वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै नाडाले चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको थियो ।
अटो व्यवसायीले विगत आठ महिनादेखि सरकारले मुलुकको विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सवारीसाधन लगायत महँगा चार प्रकारका विलासिताका वस्तुहरूको आयात रोकेर आफ्नो व्यवसाय नै धरापमा परेको भन्दै तत्काल सो प्रतिवन्ध हटाउन दबाब दिँदै आएका थिए । व्यवसायीको दबाबमा परेको सरकारले निर्वाचन सकिएपछि हाल कायम रहेको आयात प्रतिवन्ध हटाउने निणर्य गरेको हो ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनअघि चुवानी कार्यक्रममा दिएको आश्वासन अनुरुप नै वर्तमान गठवन्धन सरकारले व्यवसायी खुसी पार्न यस्तो निणर्य गरेको हो ।
यसअघि व्यवसायीले सरकार समक्ष चर्को बैंक ब्याजदर नियन्त्रण, ५० प्रतिशत नगद मार्जिन घटाउने, शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज तथा मौद्रिक नीति परिमार्जन लगायतका माग राख्दै आएको थियो ।
विगत आठ महिनादेखि पेट्रोलबाट चल्ने निजी सवारीसाधन पूर्ण रूपमा आयात प्रतिबन्ध छ भने दुईपांग्रेतर्फ १५० सीसी तलका मोटरसाइकल मात्रै आयात खुला गरिएको अवस्था छ । राष्ट्र बैंकले आयात गर्न पाउने सवारी साधनमा शतप्रतिशत मार्जिनको व्यवस्था कायमै राखेको छ । सरकारले यसअघि गरेको निणर्य अनुसार हाल सवारीसाधन आयातमाथि प्रतिबन्ध लम्ब्याएको अवधि यही मंसिर मसान्तसम्म कायम छ ।
यसअघि यि चार प्रकारका विलासिताका बस्तुहरुको आयात प्रतिबन्ध हटाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले आयात प्रतिबन्ध फुकुवा गर्ने विषयमाबारे प्रस्ताव मन्त्रिपरिषदमा राखेका थिए। सोही प्रस्तावमाथी छलफल भई आगामी मन्त्रिपरिषले १ पुसबाट आयात प्रतिवन्ध हटाउने निणर्य गरेको हो । मन्त्रिपरिषद्ले गरेको यो निर्णय अब राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।