logo

नानो युरिया झोल मलको बिक्री सुरु

    808   पटक पढिएको

२७ कात्तिक/अर्थ र व्यापार – चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रो कम्पनीले नेपाली बजारमा नानो युरिया झोल मल बिक्री सुरु गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै सीजी एग्रोले सीजी इफ्को नामक नानो युरिया मल भित्र्याएको घोषणा गरेको हो ।
भारतका पूर्व केन्द्रीय रेल्वे मन्त्री सुरेस प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सो मल नेपाली बजारमा भित्र्याइएको घोषणा गरे ।
सीजी एग्रोले बिक्री गर्ने मल भारतीय फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेडले उत्पादन गरेको हो । पानीमा मिसाएर वनस्पतिको पातमा छर्किने यो मलले नेपालमा रासायनिक मल अभावलाई चिर्ने सीजी एग्रोको दावी छ ।
हाल परम्परागत रुपमा प्रयोग गर्दै आएको एक बोरा (५० किलो ) युरिया मल बराबर यस्तो मल ५०० एमएल भए पुग्ने कम्पनीले जनाएको छ । स्प्रे वा ड्रोनमार्फत छर्न सकिने यस्तो मल दाना युरिया भन्दा सस्तो हुने कम्पनीको दावी छ ।
नानो युरियाले जमिनको उत्पादकत्व बढ्ने र मलको प्रयोग सही ठाउँमा हुने दावी गरिएको छ । नेपालमा मल अभाव चरमउत्कर्षमा पुगेपछि गत फागुनमा सरकारले नानो मल प्रयोगको अनुमति दिएको थियो ।
गत वर्ष नानो मलको प्रयोगबारे कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा निकै प्रभावकारी देखिएको थियो । नार्कका वैज्ञानिकहरुले स्थानीय ज्यापु काउलीमा गरेको प्रयोगमा यस्तो मलबाट हुने कुल लागत अन्य मलबाट भन्दा प्रतिहेक्टरमा ८ हजार १५० रुपैयाँले सस्तो पाइएको थियो । यस्तै उत्पादनका हिसाबले पनि झोल बढी प्रभावकारी देखिएको नार्कको दावी छ ।
नार्कले गरेको परीक्षणमा झोल मल प्रयोगगर्दा प्रतिहेक्टर ४.६७ मेट्रिकटन बढी उत्पादन पाइएको छ । नार्कका अनुसार दाना युरिया मल एक बोराबराबर यस्तो आधा लिटरको एक बट्टा मललाई भारतीय रुपैयाँ २५० पर्ने उल्लेख छ ।
अहिले एक बोरा दाना युरिया मललाई ७५० रुपैयाँ पर्छ । नानो युरिय मलको प्रतिलिटर मूल्य नेपाली बजारमा ५०० सयदेखि ६ सय रुपैयाँ प्रतिलिटर पर्ने र यो दाना युरिया भन्दा पाँच गुणा सस्तो हुने कम्पनीको दावी छ ।
भारत लगायतका बजारमा व्यापक प्रयोग भएको यस्तो मल आयात अनुमति माग्दै गत वर्ष नै दुई वटा कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिए पनि कानुन अभावमा सरकारले अनुमति जारी गरेको थिएन ।
यसअघि नेपालमा गोप्य रुपमा केही मात्रामा यस्तो मल नेपालका चिया किसानहरुले प्रयोग गरेका थिए । झोल युरियाको नयाँ अनुमतिसँगैं नेपालमा रासायनिक मल आयात अनुमति हुने मलको संख्या ५३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।