logo

नानो युरिया झोल मलको बिक्री सुरु

    1096   पटक पढिएको

२७ कात्तिक/अर्थ र व्यापार – चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रो कम्पनीले नेपाली बजारमा नानो युरिया झोल मल बिक्री सुरु गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै सीजी एग्रोले सीजी इफ्को नामक नानो युरिया मल भित्र्याएको घोषणा गरेको हो ।
भारतका पूर्व केन्द्रीय रेल्वे मन्त्री सुरेस प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सो मल नेपाली बजारमा भित्र्याइएको घोषणा गरे ।
सीजी एग्रोले बिक्री गर्ने मल भारतीय फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेडले उत्पादन गरेको हो । पानीमा मिसाएर वनस्पतिको पातमा छर्किने यो मलले नेपालमा रासायनिक मल अभावलाई चिर्ने सीजी एग्रोको दावी छ ।
हाल परम्परागत रुपमा प्रयोग गर्दै आएको एक बोरा (५० किलो ) युरिया मल बराबर यस्तो मल ५०० एमएल भए पुग्ने कम्पनीले जनाएको छ । स्प्रे वा ड्रोनमार्फत छर्न सकिने यस्तो मल दाना युरिया भन्दा सस्तो हुने कम्पनीको दावी छ ।
नानो युरियाले जमिनको उत्पादकत्व बढ्ने र मलको प्रयोग सही ठाउँमा हुने दावी गरिएको छ । नेपालमा मल अभाव चरमउत्कर्षमा पुगेपछि गत फागुनमा सरकारले नानो मल प्रयोगको अनुमति दिएको थियो ।
गत वर्ष नानो मलको प्रयोगबारे कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा निकै प्रभावकारी देखिएको थियो । नार्कका वैज्ञानिकहरुले स्थानीय ज्यापु काउलीमा गरेको प्रयोगमा यस्तो मलबाट हुने कुल लागत अन्य मलबाट भन्दा प्रतिहेक्टरमा ८ हजार १५० रुपैयाँले सस्तो पाइएको थियो । यस्तै उत्पादनका हिसाबले पनि झोल बढी प्रभावकारी देखिएको नार्कको दावी छ ।
नार्कले गरेको परीक्षणमा झोल मल प्रयोगगर्दा प्रतिहेक्टर ४.६७ मेट्रिकटन बढी उत्पादन पाइएको छ । नार्कका अनुसार दाना युरिया मल एक बोराबराबर यस्तो आधा लिटरको एक बट्टा मललाई भारतीय रुपैयाँ २५० पर्ने उल्लेख छ ।
अहिले एक बोरा दाना युरिया मललाई ७५० रुपैयाँ पर्छ । नानो युरिय मलको प्रतिलिटर मूल्य नेपाली बजारमा ५०० सयदेखि ६ सय रुपैयाँ प्रतिलिटर पर्ने र यो दाना युरिया भन्दा पाँच गुणा सस्तो हुने कम्पनीको दावी छ ।
भारत लगायतका बजारमा व्यापक प्रयोग भएको यस्तो मल आयात अनुमति माग्दै गत वर्ष नै दुई वटा कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिए पनि कानुन अभावमा सरकारले अनुमति जारी गरेको थिएन ।
यसअघि नेपालमा गोप्य रुपमा केही मात्रामा यस्तो मल नेपालका चिया किसानहरुले प्रयोग गरेका थिए । झोल युरियाको नयाँ अनुमतिसँगैं नेपालमा रासायनिक मल आयात अनुमति हुने मलको संख्या ५३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।