logo

कर कानून संशोधन गरि भ्याट १० प्रतिशतमा झार्न निजी क्षेत्रको माग

    886   पटक पढिएको

२१ कात्तिक/अर्थ र व्यापार – करसम्बन्धी विद्यमान कानूनमा निजी क्षेत्रले खासगरी ४ वटा असहमति जनाएको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कर कानूनको संशोधनका लागि मस्यौदा तयार पारेर सरकारलाई बुझाउने अन्तिम तयारी गरिरहेको छ ।
‘मंसिर ४ गतेको निर्वाचनपछि नयाँ संसद आउँछ र सरकार र संसदीय सममितिमा हाम्रा माग बुझाउँछौं,’ महासंघका एक पदाधिकारीले भने, ‘विद्यमान कर कानूनमा भएका जटिलता हटाएको खण्डमा निजी क्षेत्रको मनोवल उच्च हुन्छ र लगानी बढ्छ ।’
महासंघले सरकारले १३ प्रतिशत असूल्दै आएको मूल्य अभिवृद्धि कर भ्याटलाई घटाएर १० प्रतिशतमा झार्नुपर्ने पहिलो माग राखेको छ ।
‘करको दर घटाई करको दायरा र कर असूलीमा बृद्धि गर्न सकिने भएकाले प्रचलित करको दरमा घटाउनु वाञ्छनीय देखिन्छ,’ महासंघले तयार पारेको संशोधन मस्यौदाम भनिएको छ । यसैगरि, कर सम्बन्धी विवादमा कर अधिकृतले जरिवाना निर्धारण गर्दा १५ प्रतिशत ब्याजदर थप गर्ने गरेको विद्यमान व्यवस्था खारेजी गर्नुपर्ने महासंघको माग छ ।
‘कर निर्धारण गर्दा घटी कर वा दाखिला नभएको कर रकमको शतप्रतिशत वा पच्चिस प्रतिशत जरिवाना, दश प्रतिशत थप दस्तुर र १५ प्रतिशत ब्याजसमेत निर्धारण गर्दा करदातालाई अत्याधिक कर भार पर्न गई कर निर्धारणको कार्यान्वयनमा कठिनाई हुनुको साथै न्यायिक दृष्टिकोणबाटसमेत अति नै अन्याययुक्त भएकाले कर निर्धारण गर्दा जरिवाना निर्धारण भएमा ब्याज र थप दस्तुर असूल गर्न नपाउने व्यवस्था गर्न आबश्यक देखिन्छ’ महासंले भनेको छ।
त्यसैगरी, कुनै उद्योगको मेसिन जडान गर्न, मेसिन चलाउन प्रशिक्षण दिन,मेसिन मर्मत संभारको निमित्त नेपाल बाहिरबाट लिइने प्राविधिक सेवाको हकमा कर निर्धारण र असूल गर्नु नहुने महासंघको माग छ । अहिलको कानूनमा ‘नेपाल बाहिरको कुनै व्यक्तिबाट सेवा प्राप्त गर्न दर्ता भएको वा दर्ता नभएको व्यक्तिले यो ऐन र यो ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा भुक्तानीका बखत वा सेवा प्राप्त भएको बखतमध्ये जुन पहिले हुन्छ । सो समयमा कर निर्धारण र असूलउपर गर्नु पर्ने’ व्यवस्था छ ।
त्यसैगरी, करदाताको फिर्ता लिनु पर्ने रकम कारोबार एवं व्यवसायको प्रकृतिको आधारमा जुन सुकै समयमा पनि फिर्ता लिन पाउनुपर्ने महासंघको माग छ । ‘करदाताले फिर्ता लिने रकमका सन्दर्भमा समय सीमा निर्धारण गरिनु र सो समय पछि फिर्ता नदिने व्यवस्था गरिनु अनुचित, औचित्यहीन एवं अन्यायिक सम्वृद्धिको सिद्धान्त विपरितसमेत हुने देखिन्छ’ संशोधन प्रस्तावको मस्यौदामा महासंघले भनेको छ ।
अहिलेको कानूनमा ‘यस ऐनमा अन्यत्र जुनसकुै कुरा लेखिएको भएतापनि यस ऐन बमोजिम फिर्ता लिनुपर्ने रकम कर अवधि समाप्त भएको मितिले तीन वर्षभित्र फिर्ताको लागि निवेदन नदिएमा फिर्ता हुने छैन’ भन्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।