logo

३४ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको आयात

    1156   पटक पढिएको


१३ कात्तिक/अर्थ र व्यापार – काठमाडौ उपत्यका लगायत मुलुकभरका सबै सहरमा देखिएको सावारीसाधनहरुको बाक्लो चापका कारण पेट्रोलियम पदार्थको आयात पनि ३४ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको वितेका दुई महिना गत साउन र भदौमा गत वर्षको सोही अवधिको तुलनामा समग्र आयात १३ प्रतिशतले घटे पनि सोही अवधिमा पेट्रोलियम पदार्थको आयात भने ३४ प्रतिशत बढेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको वितेका दुई महिना साउन र भदौमा कुल २ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ मात्रै भित्रिएको हो ।
गत वर्षको यसै अवधिमा जम्मा ३४ अर्ब १८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । रकमका आधारमा साउन र भदौको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १६.७ प्रतिशत पुगेको छ । जबकि गत वर्षको साउन र भदौको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा जम्मा १०.९ प्रतिशत मात्रै थियो ।
समग्रमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा कुल आयातमा यसको हिस्सा समेत बढेको देखिएको हो । मुलुकमा सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पर्दछ ।
साउन र भदौमा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थपछि क्रमशः सवारीसाधन र पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, औषधि, कच्चा सोयाबिन तेल, सञ्चार प्रविधि उपकरण, रासायनिक मल, स्पन्ज आइरन, कच्चा पाम तेल र एमएस बिलेट रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।