logo

८ प्रतिशत अनुदान पाइने व्यवस्था सहित ‘निर्यात अनुदान कार्यविधि’ संशोधन

    924   पटक पढिएको


२८ असोज/अर्थ र व्यापार – पछिल्लो समय देसको निर्यात प्रवद्र्धनलाई जोड दिएको सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख भएअनुसार ‘निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९’ लागु गरेको छ ।
सरकराले शुक्रबार कार्यविधि लागू गरेसँगै अब नेपालबाट विभिन्न वस्तुहरु निर्यात गर्नेले ८ प्रतिशतसम्म निर्यात अनुदान पाउने भएका छन् ।
यस्तो सुविधा पाउनकालागि सरकारले तोकेको निर्यातजन्य वस्तुहरुको सूचिमा क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी, सूचनाप्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङलगायतका वस्तु रहेका छन ।
यि वस्तुहरु नेपालबाट निर्यात गर्दा अनुदान पाइने भएको हो । गत १५ जेठमा चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेक्रममा नै अर्थमन्त्री जनार्दन शर्माले निर्यात बढाउन निर्यातमा ८ प्रतिशतसम्म छुट दिने बताएका थिए ।
बजेट मार्फत नै तय भएका सरकारको योजना अनुसार गत जेठ महिनामै कार्यविधि संशोधन गर्ने भनिए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि बनाउन ढिलाई गरेका कारण शुक्रबार मात्र सो कार्यविधि संशोधन भएको हो ।
संशोधन भएको कार्यविधिअनुसार वस्तु निर्यात गर्दा कम्तीमा ४ प्रतिशत अनुदान पाइने उल्लेख छ । तर, निर्यात हुने वस्तुले सरकारले तोकेको मापदण्ड पूरा गरेको अवस्थामा मात्रै सो अनुदान सुविधा पाइने छ ।
चार प्रतिशत अनुदान पाउनका लागि निर्यात गरिएको वस्तुले ३० प्रतिशत मूल्यवृद्धि (भ्यालु एडिसन) समावेश गर्नुपर्ने सो कार्यविधिमा उल्लेख छ । यसैगरि, मूल्य अभिवृद्धि ५० प्रतिशत भएमा ५ प्रतिशत अनुदान प्राप्त गर्ने, ७० प्रतिशत मूल्य अभिवृद्धि भए ६ प्रतिशत अनुदान पाउने बताइएको छ । त्यसैगरि,राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्कमा दर्ता भई कुनै कम्पनीले निर्यात गर्छ भने ७ प्रतिशतसम्म निर्यात अनुदान प्राप्त गर्न योग्य हुनेछ ।
त्यसबाहेक गत आर्थिक वर्षभन्दा यो वर्ष २० प्रतिशत बढी वस्तु निर्यात गर्नेलाई थप अनुदान दिन सकिने सरकारले जनाएको छ ।
त्यसैगरि, वार्षिक ५० करोड रुपैयाँ भन्दा बढीको निर्यात गर्ने कम्पनीलाई ८ प्रतिशत अनुदान दिने बताइएको छ । हालसम्म आर्थिक वर्ष २०६७/६८ को बजेटमार्फत निकासी प्रवद्र्धनका लागि नगद अनुदान दिने व्यवस्था गरिएको थियो । सो व्यवस्थाअनुसार २०७० सालमा कार्यविधि आएको र त्यही कार्यविधि हालसम्म लागू भएको थियो ।
शुक्रबार संशोधन भएको कार्यविधिले १५ वटा वस्तुमा ५ प्रतिशत अनुदान दिने र ११ वटा वस्तुमा ३ प्रतिशत अनुदान दिने जनाएको छ । यस्तो सुविधा अन्तरगत निर्यातमा अनुदान लिनकालागि सम्बन्धीत व्यवसायीले उद्योग विभागले तयार गरेको मापदण्ड अनुसारको फारम भरेर अनलाइनमार्फत निवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।