logo

‘पूर्वाधार क्षेत्रको विकासमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण’

    717   पटक पढिएको


९ असोज/अर्थ र व्यापार – मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै सरोकारवालाहरूले यसमा पूर्वाधार पत्रकारहरूको पनि विशेष भूमिका हुने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा राजधानीमा सम्पन्न गरेको ‘सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा’ सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन । उनीहरुले पूर्वाधार क्षेत्र मुलुकको आर्थिक वृत्तको मेरुदण्ड भएको बताएका हुन ।
संघीय सांसद् ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य बहादुरसिंह लामाले अझै मुलुकको निर्माण उद्योगमा धेरै समस्या रहेको बताए । पत्रकारहरूले निर्माण उद्योगका समस्याका बारेमा सही तरिकाले उठान गरेमा देशलाई ठूलो राहत मिल्ने उनको भनाइ थियो । महासंघका मानार्थ सदस्य समेत रहेका लामाले राज्यले समेत निर्माण उद्योगलाई सही तरिकाले नहेरेको भन्दै दुखेसो पोखे ।
महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायको क्षेत्रमा आम जनतालाई सुसूचित गर्ने काम सञ्चारकर्मीको भएकाले सत्य, तथ्य र यथार्थ बुझेरमात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राष्ट्र निर्माणमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको र यस क्षेत्रमा कलम चलाउँदा पत्रकार जिम्मेवार बन्नुपर्ने बताए । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पनि मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र निर्माण व्यवसाय भएकाले यसलाई अघि बढाउन पत्रकार जिम्मेवार बन्नुपर्ने बताए ।
महासंघका बरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडीं), महासचिव रोशन दाहाल लगायतले निर्माण उद्योगका विषयमा वास्तविकता भन्दा बाहिरका समाचार बढी आउने गरेको तर्फ संचारकर्मीहरूको ध्यानाकर्षण गराएका थिए ।
पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवन बस्नेतले निर्माण व्यवसायी र संचाकर्मी दुवै आ—आफ्नो जिम्मेवारी बोध गरी अघि बढ्नु पर्ने बताए । कार्यक्रममा पूर्वाधारविज्ञ प्राध्यापक डाक्टर राजेन्द्र अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव चक्रवती कण्ठ, प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यपत्र प्रस्तुत गर्दै क्रमशः निर्माण व्यवसाय, निर्माण उद्योगसँग सम्बन्धित् प्रचलित ऐन कानून तथा पत्रकार आचार संहितका विविध पक्षबारे चर्चा गरेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सौजन्यमा सम्पन्न भएको सो कार्यक्रममा पूर्वाधार क्षेत्रमा कलम चलाउने मुलधाारका करिब ५० जना संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।