logo

‘नाडा ईभी एक्सपो–२०२२’ सुरु, गाडी आयातमा कडाईले २५% व्यवसायी पलायन: नाडा अध्यक्ष थापा

    747   पटक पढिएको

६ असोज/अर्थ र व्यापार – आजदेखि राजधानीको भृकुटीमण्डपमा ‘नाडा ईभी एक्सपो–२०२२’ सुरु भएको छ । नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले आयोजना गर्न लागेको यस एक्सपोमा नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्टपुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाको भव्य प्रदर्शनी सुरु भएको हो ।
यस एक्स्पोमा नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाका रूपमा सहभागी भएको छ भने युसेड क्लिन एयरले नलेज पार्टनरका रूपमा ईभी चौतारी नामक तीनदिने सूचनामूलक गोष्ठी सञ्चालन गर्ने भएको छ ।
नाडा अटोमोबाइल एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले यो एक्सपोको संचालनका बारेमा जानकारी गराएका हुन् । उनका अनुसार एक्स्पोको शीर्ष प्रायोजक सीएट टायर रहेको छ । सह प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।
नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष थापाले सरकारले गाडी आयातमा कडाइ गर्दा २५ प्रतिशत व्यवसायी पलायन भएको बताए ।
बिहीबारबाट सुरू भएको इभी एक्स्पोमा उनले यस्तो बताएका हुन् । विदेशी सञ्चिति घटेको भन्दै सरकारले गाडी आयातमा कडाइ गर्दा व्यवसायीहरूले सवारी साधन आयात गर्न नपाएको उनको गुनासो छ ।
वार्षिक १ खर्ब बराबरको सवारी साधन आयात हुँदा सरकारले ९० अर्ब राजस्वमा पाएको स्मरण गराउँदै आयात ठप्प हुँदा कर घट्नुका साथै १ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष मानिसको रोजगारी जोखिममा परेको उनको दाबी छ ।
उनले आयातको क्षेत्रमा २५ प्रतिशत राजस्व ओगटेकाले सरकारले अब छिट्टै आयात खुल्ला गर्नुपर्ने उल्लेख गरे । नाडाले आयोजना गरेको इभी शोले ग्रीन नेपालको अवधारणालाई सहयोग पुग्ने उनको भनाइ छ ।
वर्तमान समयमा विद्युतीय सवारी साधनको महत्वपूर्ण दिनप्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनको बढ्दो प्रयोगले आप््mनै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको आयोजक संस्था नाडाले जनाएको छ ।
विशेषगरी, वातावरणमैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गरिएको यस एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लक रहनेछन् । एक्सोमा ७ वटा ब्रान्डका चारपांग्रे, एउटा तीनपांग्रे, १६ वटा ब्रान्डका दुईपांग्रे, ३ वटा ब्रन्डका टायर, २ वटा ब्रान्डका ब्याट्री, ९ वटा पार्ट÷पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाको सहभागिता रहनेछ ।
आगामी १० असोजको घटस्थापनाको दिनबाट सुरु हुने दसैंका अवसरमा आयोजना गरिएको यो एक्सपो बिहीबारदेखि आगामी ९ असोजसम्म चल्नेछ । यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्यधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीको समष्टिगत प्रवद्र्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने आयोजक संस्था नाडाले जनाएको छ ।
एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा एवं इन्सुरेन्सका स्टलहरू रहनेछन् भने एक्स्पोसम्बन्धी समाचार सम्प्रेषणमा सहजताका लागि छुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।
यस एक्सपोमा वरुण सुरक्षाका लागि फायर सेफ्टी सपोर्टका रूपमा हिटको प्रालि रहेको छ । वातावरण एवं ईभीसम्बन्धी व्यापक छलफल तथा सूचना प्रवाह गर्नका लागि युसेइड क्लिन एयरलेले तीन दिनसम्म ईभी चौतारी नामक गोष्ठी सन्चालन गर्नेछ । चार दिनसम्म चल्ने यस नाडा ईभी एक्स्पोमा करिब ४० हजार जना अवलोकन कर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।