logo

‘बीमा सम्बन्धी घटनाहरुको छानबीन सहित टुँगोमा पु¥याउन प्रहरीको सहयोग आवश्यक’

    707   पटक पढिएको

६ भदौ/अर्थ र व्यापार – बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमामा देखिएका घटनाहरुको छानबीन सहित टुँगोमा पु¥याउन प्रहरीको सहयोग आवश्यक भएको बताएका छन ।
बीमा समितिद्वारा काठमाडौंमा आयोजित नेपाल प्रहरीका विभिन्न निकायहरूसँग बीमा दाबी भुक्तानीमा देखिएका समस्या र समाधानका उपायसम्बन्धी छलफल कार्यक्रममा समितिका अध्यक्ष सिलवालले यस्तो बताएका हुन ।
उनले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने बताए ।
हाल बीमा व्यवसायमा देखिएका धेरै घटनाहरूको छानबीन गरी टुँगोमा पु¥याउन प्रहरीको सहयोग निकै आवश्यक देखिएको धारणा राख्दै समितिका अध्यक्ष सिलवालले भने,‘बीमा समितिले बीमा व्यवसायमा देखिएका अनियमितता र कानून विपरितका क्रियाकलापको अनुसन्धान गरी नियन्त्रण गर्न सकेसम्म कोशिस गरिरहेको छ । करोडौंको बीमालेखमा अवैध लगानी भई वित्तीय अपराध समेत हुनसक्ने आशङ्का भएकाले त्यसमा पनि समितिले निगरानी गरिरहेको छ । तर, व्यवसायको विस्तारसँगै बढ्ने अपराधिक क्रियाकलापको अनुसन्धान समितिले मात्र गर्न सक्दैन ।’

अब अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाउनुपर्ने बेला आएको भन्दै उनले प्रहरीले गर्ने अनुसन्धानमा सघाउन बीमा समिति प्रतिवद्ध रहेको बताए ।
बीमा व्यवसाय अब एकांकी रूपमा चल्न सक्दैन । फाइदाका लागि गलत गतिविधि गरिएका हुन सक्छन् । जोखिमांकनमा समस्या छ । फाइदाका लागि नीति, नियम र निर्देशिकालाई तोडमोड गर्ने गरिएको पाइएको बताउँदै सिलवालले भने,‘जीवन तथा निर्जीवन बीमामा कहाँ कहाँ कमी कमजोेरी छन्, बीमा समितिले बुझेको छ र सोही अनुसार अनुसन्धान र कारवाही अघि बढाएपनि अझै प्रहरीको पनि सहयोग आवश्यक छ ।’
उनले बीमा व्यवसायमा हुने अपराधिक क्रियाकलापको नियन्त्रणका लागि नवीनतम औजार एवं उपकरणको विकास तथा प्रयोगमा बीमा कम्पनीहरूले पनि प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
बीमा समितिका निर्देशक दिनेशकुमार लालले बीमा व्यवसायमा भएको विस्तारसँगै समस्याहरू पनि थपिंदै गएको, दाबी भुक्तानीमा समस्या देखिएको र जालसाजी तथा ठगीका घटनाहरू समेत देखिन थालेकाले यस्ता समस्याका बारेमा छलफल गरी समाधानको उपाय पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारि गराए ।
बीमा समितिका उपनिर्देशक विरोध भट्टले बीमा सम्बन्धी विद्यमान कानूनी व्यवस्था, दाबी भुक्तानीमा देखिएका समस्या र समाधान सम्बन्धी प्रस्तुती गरेका थिए । यसैगरी, जीवन बीमक संघका तर्फबाट सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बीमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्या तथा समाधानका उपाय सम्बन्धी प्रस्तुती गरेका थिए ।
त्यसैगरि,नेपाल बीमक संघका तर्फबाट सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवारले निर्जीवन बीमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी जानकारिमुलक प्रस्तुती गरेका थिए ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले बीमा सम्बन्धी समस्याको समाधानका लागि जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने र समस्या समाधानका लागि बीमा समितिले ठोस नीति ल्याउनुपर्ने बताइन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका बरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले बीमामा हुने अपराध तथा ठगी लगायतका सबै घटनाको अनुसन्धानका साथै ठूला ठूला बीमालेखहरूमा हुने लगानीका सम्बन्धमा समेत अनुसन्धानको आवश्यकता औंल्याए ।

सो कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरू सुशीलदेव सुवेदी र पूजन ढुङ्गेल (अधिकारी), नेपाल प्रहरी प्रधान कार्यालय र मातहतका निकायहरूका प्रमुख र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।