logo

पर्साको तिलावे पुल उद्घाट, ग्रामीण क्षेत्रको आवागमन सहज

    889   पटक पढिएको

२९ साउन/ अर्थ र व्यापार – पर्सा जिल्लाको हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइले सो पुल उद्घाटन गरेका हुन्।
साढे सात करोड रुपैयाँको लागतमा १०० मीटर लम्बाइ र ७ मीटर चौडाईको पुल निर्माण भएको हो । यो पुल तीन वर्षमा निर्माण सक्ने गरी २०७२ सालमा ठेक्का लागेको थियो । पप्पु /लुम्बिनी जेभीले यो पुल निर्माण गरेका हुन् ।
यो पुल सञ्चालनमा आएसँगै पर्साको ग्रामीण क्षेत्र र सदरमुकाम वीरगञ्जको आवागमन सहज भएको छ । यो पुल सञ्चालनमा आउनुअघि पुरानो र साँघुरो पुलबाट सवारीका साधन आउजाउ हुने गरेको थियो ।
साँधुरो पुलबाट दैनिक सयौं सवारी साधन आउजाउ हुँदा पुलमै घण्टौं ट्राफिक जाम हुँदै आएकोमा अब पर्साका बासिन्दालाई सो समस्याबाट मुक्ति मिलेको छ । पर्साको मुख्य मार्गको रुपमा रहेको हुलाकी सडकमा निर्मित यो पुल सञ्चालनमा आएसँगै पर्साका बासिन्दा खुशी भएका छन् ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको अध्यतामा भएको पुल उद्घाटन कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादव पर्सा क्षेत्र नं. ३ का सांसद हरिनारायण रौनियार, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवलगायतको सहभागिता थियो ।
पुलको ९० प्रतिशत काम पूरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले बताएको छ । सम्पर्क सडक र नदी तटबन्धनको कार्य बर्खा सकिएलगत्तै शुरु हुने पनि आयोजनाले जनाएको छ । अहिले सम्पर्क सडक बनाउँदा भर्खरै हालिएको माटो भासिने र नदीमा पानी बढी भएकाले तटबन्धन गर्न नमिल्ने बताइएको छ ।
२०७२ साल २५ जेठमा पुल निर्माणको सम्झौता भएकोमा आयोजनाले नक्सा स्वीकृतिमै ३ वर्ष समय लगाएको थियो । जब कि,३ वर्षमा पुल निर्माण गरिसक्ने सम्झौता थियो । २०७५ मा काम शुरु भएको थियो । सोही कारण यो पुल निर्माणमा ढिलाई भएको हो ।
पुल निर्माणका लागि साविक पुलबाट आवागमन बन्द गर्नुपर्नेमा डाइभर्सन निर्माणमा पनि ढिलाई भएको थियो । आयोजनाले २०७५ फागुन २३ मात्रै डाइभर्सन निर्माणको कार्यादेश स्वीकृति दिएको थियो ।
डाइभर्सन तयार भएपछि २०७६ बैशाखबाट कामले गति लिएको निर्माण कम्पनीले बताएको छ । यसबीचमा परेको कोरोना महामारी र निर्माण सामग्रीको अभावजस्ता समस्याले पनि पुल निर्माण कार्यको गति प्रभावित भएको आयोजना कार्यालयका प्रमुख दरोगा साहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।