logo

दुईपटकसम्म खरिद मुल्य घटेपनि निगमले इन्धनको भाउ घटाएन

अझै पुरानो ऋण तिर्न बाँकी रहेकाले मूल्य घटाउँदैनौं: निगम

    1210   पटक पढिएको

१९ साउन/अर्थ र व्यापार – पछिल्लो समय लगातार दुईपटकसम्म खरिद मुल्य घटेपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छैन ।
भारतीय आयल निगमले खरिद मूल्यमा दुई पटकसम्म घटाएर पठाएपनि अझै पुरानो ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेको भन्दै बढेको बेला हतारमा बढाईहाल्ने र यसरी घटेको बेला नघटाएर उपभोत्तामाथी अन्याय गर्ने निगमले स्वचालित मूल्य समायोजन प्रणाली अनुसार अझै मुल्य नघटाउने बताएको हो ।
निगमले विज्ञप्ति जारी गर्दै हाल पेट्रोल, मट्टितेल र हवाई इन्धनमा खरिद मुल्य केही घटेर आएकाले सामान्य नाफा भए पनि अझै नेपाल सरकारबाट लिएको पुरानो ऋण र इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई बक्यौता भुक्तानी गर्नुपर्ने पुरानो रकम तिनुपर्ने भएकाले मूल्य समायोजन नहुने जनाएको हो ।
आइओसीबाट अहिले प्राप्त पछिल्लो नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ भाउ घटेको छ । उताबाट ल्याउने क्रममा नै प्रतिलिटर यतिधेरै मुल्य घटेपनि यहाँका उपभोक्तालाई भाउ नघटाएर निगमले गलत काम गरेको आम उपभोक्ता अधिकारकर्मीहरुको भनाई छ ।

लगातार दुईपटकसम्म खरिद मुल्य घटेर आएकाले हाल प्रतिलिटर पेट्रोलमा निगमलाई दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर ९ रुपैयाँ ३७ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर चारसय ९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । निगमलाई मट्टितेल र हवाई इन्धनमा भने १५ दिनअघि घटेर आएको भाउमा नै नाफा रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।