logo

औद्योगिक क्षेत्रको भाडा बृद्धिले व्यवसायीलाई समस्या:निजी क्षेत्र

    781   पटक पढिएको

१२ साउन/अर्थ र व्यापार – औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको भाडा ७०० प्रतिशतसम्मले वृद्धि गर्दा उद्योगी समस्यामा परेको भन्दै उद्योगीहरुले छलफल थालेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघकाबीच भएको छलफलमा यस्तो विषय प्राथमिकतामा राखिएको थियो ।
महासंघ सचिवालयमा मुलुकका औद्योगिक क्षेत्रभित्र संचालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा भएको छलफलमा जग्गाको उपलब्धताको विषयमा पनि परेको छ ।
छलफलमा औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरीरहेका जमिनको अप्रत्यासित भाडा वृद्धि, विद्युत डिमाण्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र वृहद औद्योगिक सम्मेलन लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको गत २२ असारको निर्णयबाट ४ वर्ष अघिदेखि लागूगर्ने भनि ७ सय प्रतिशतसम्म भाडा वृद्धिगरी बील बिजक औद्योगिक क्षेत्रभित्रका उद्योगहरूलाई पठाएपछि औद्योगिक क्षेत्रभित्रका उद्योगहरू समस्यामा परेको विषयमा छलफल भएको महासंघले जनाएको छ ।
लिमिटेड अन्तरगतका १० वटा औद्योगिक क्षेत्रमा सरोकारवालाहरूसंग छलफल तथा परामर्श नै नगरी भाडा बृद्धिगरी पत्र पठाएको फिनीकातर्फबाट जानकारी गराइएको थियो । पछिल्लो पटक राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिका कारण चल्नै नसक्ने अवस्थामा पुुगेका उद्योगहरूलाई आपसी सहमतीका माध्यमबाट भाडा वृद्धि गर्नुको साटो एकतर्फी रूपमा गरिएको भाडा वृद्धिले मुलुकको समग्र औद्योगिक विकासमा प्रतिकुल असरपर्ने चिन्ताका सम्बन्धमा छलफलमा भएको थियो ।
औद्योगिक क्षेत्रभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउने भन्दा पनि भएका जग्गा भवन भाडामा लगाएर आयआर्जन गर्ने प्रवृत्ति देखिएको भन्दै छलफलमा चिन्ता व्यक्त गरिएको थियो ।
त्यसैगरी, औद्योगिक क्षेत्र भित्रका उद्योगहरूलाई ५० प्रतिशतभन्दा बढी विद्युत डिमाण्ड शुल्क लिइएको, पानीको सहज आपूर्तिको व्यवस्था नभएको, औद्योगिक क्षेत्र भित्रका भौतिक संरचनाहरू पुनरनिर्माण गरी प्रयोग गर्न योग्य बनाउने तर्फ पहल नभएको लगायतमा गुनासो फिनीले राखेको थियो । आफुहरुले उठाएका मुद्दामा साथ दिन महासंघलाई फिनीले आग्रह गरेको थियो ।
महासंघका अध्यक्ष शेखर गोल्छाले फिनीले उठाएका मुद्धाहरु जायज रहेको बताएका थिए । कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिई काम गर्न सक्ने वातावरण बनाउनुुपर्नेमा उल्टो हतोत्साहित बनाउने निर्णय गरिनु चिन्ताजनक विषय भएको उनको भनाई थियो ।
भाडा वृद्धिको निर्णय समय र विषयका हिसावले समेत गलत रहेको बताउँदै गोल्छाले जग्गा र भवन भाडामा लगाएर राजस्व उठाउने प्रवृत्तिनै सही नभएको दाबी गरे । ‘तपाईहरूका जायज माग पुरा गराउने सम्बन्धमा महासंघको पनि साथ रहन्छ’ अध्यक्ष गोल्छाले संघका पदाधिकारीलाई भने ।
संघका अध्यक्ष रामहिरा पाठकले दुवै महासंघले मुलुकभित्र औद्योगिक वातावरण बनाउने विषयमा एउटै स्वर र अवधारणामा जानुुपर्ने र आफ्नो संस्थाले उठाएका मुद्दामा महासंघको पूर्ण सहयोग पाउने आशा आफूहरूले गरेको बताएका थिए । सो भेटका क्रममा संघका अध्यक्ष पाठकले संघकातर्फबाट उठाइएका मुद्दाहरुको दस्तावेज महासंघका अध्यक्ष गोल्छालाई हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।