logo

रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्दै राष्ट्र बैंक

    1089   पटक पढिएको


२६ जेठ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुको पुँजी वृद्धि गर्ने भएको छ । निरिक्षण तथा सुपरिवेक्षणका क्रममा कमजोर देखिएका रेमिट्यान्स (विप्रेषण आप्रवाह) सम्बन्धि कारोबार गर्ने कम्पनीहरुलाई राष्ट्र बैंकले पुँजी थप गर्न लगाउने भएको हो ।
राष्ट्र बैंकले विप्रेषण कारोबार निरिक्षण तथा सुपरिवेक्षण विनियामावली, २०७९ जारी गर्दै निरीक्षण प्रतिवेदनको आधारमा सुधारात्मक प्रक्रिया अघि बढाउन कम्पनीहरुको पुँजी थप गर्न लगाउने व्यवस्था गरेको हो ।
हाल राष्ट्र बैंकबाट अनुमति लिएर ४२ वटा विप्रेषण सम्बन्धि कारोबार गर्ने कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुको पुँजी कारोबार र सेवाको आधारमा राष्ट्र बैंकले २ करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी तोकेको छ ।
तोकिएको पुँजी कायम गरी सञ्चालनमा रहेका विप्रेषण कम्पनीहरुले तोकिएको सेवा प्रवाह गर्न नसकेको भएमा, सेवाग्राही प्रति आफुले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेमा वा पुरा गर्न सक्ने सम्भावना नभएमा, सर्वसाधारणको हित विपरित हुने गरी कुनै पनि कार्य गरेमा, आर्थिक कठिनाई भोगिरहेको भएमा राष्ट्र बैंकले पुँजी थपगरी त्यस्ता संस्था सुधारमा अन्य निर्देशनहरु पालना गर्न लगाउने व्यवस्था निरिक्षण तथा सुपरिवेक्षण विनियामावली, २०७९ ले गरेको छ । सोही नियमावली अनुसार राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको छ।
अब देखि अन्य वित्तीय संस्थालाई जस्तै विप्रेषण सम्बन्धि कारोबार गर्ने कम्पनीहरुलाई पनि निरिक्षण तथा सुपरिवेक्षण गर्नका लागि सो विनियमावली जारी गरेको हो । निरीक्षण तथा सुपरीवेक्षणका क्रममा कैफियत देखिएमा अवस्था हेरेर पुँजी थप गर्न सक्ने बाटो विनियमावलीले खुलाएको गैरबैंक वित्तीय संस्था सुपरीवेक्षण प्रमुख बिमलराज खनाल बताए । उनले हालसम्म पुँजी थप नै गर्नुपर्ने अवस्थामा कुनै पनि कम्पनी नरहे पनि भविष्यमा भने आवश्यकताका आधारमा पुँजी थप गर्ने निर्देशन दिन सकिने बताए । यसैगरि, कैफियत देखिएका कम्पनीको लाइसेन्स रद्द गर्ने, पदाधिकारी हटाउनेसम्मको सिफारिस गर्ने सकिने सो नियमावलीमा उल्लेख भएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।