logo

स्थानीय तहकोे निर्वाचनमा सक्रिय सहभागी हुन महासंघको अपील

    1243   पटक पढिएको

२६ बैशाख/अर्थ र व्यापार – देशभरका निर्माण व्यवसायीहरूको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघले आगामी ३० बेशाखमा हुने स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागी हुन अपील गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले आइतबार अपील जारी गर्दै स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागी भई निर्वाचन सफल बनाउन अपील गरेका हुन् ।
‘मुलुक संघीय संरचनामा गएसँगै संघीय, प्रदेश र स्थानीय तहको आवधिक निर्वाचनले नै मुलुकमा विद्यमान संघीय लोकतन्त्रिक व्यवस्थालाई अझ मजबुत र संस्थागत बनाउने निश्चित’ भएको महासंघद्धारा जारि अपीलमा भनिएको छ ।
यसैगरि, महासंघले आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको र स्थानीय सरकारको काम कार्वाहीबाट नै आम जनताले राज्यको सार्थक उपस्थिति महसुस गर्ने तथ्य विगतको पाँच वर्षको अभ्यासबाट पुष्टि भइसकेको पनि सो अपीलमा उल्लेख गरेको छ ।
आगामी ३० बैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा एकैसाथ हुने मतदानमा आफ्ना सबै प्रदेश महासंघहरु, जिल्ला संघहरु, एसोसिएट र वस्तुगत संघ सदस्यहरुलाई सक्रिय रुपमा सहभागी हुन महांघले यस्तो अपील गरेको जनाएको छ । महासंघले आफ्नो अपिल मार्फत शान्त, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने नेपाल सरकारको अभियानमा आ—आफ्नो ठाउँबाट सहयोग गर्न आफ्ना सबै सदस्य व्यवसायीहरूलाई आग्रह गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।