logo

निर्माण व्यवसायीले गरे ‘कन्स्ट्रक्सन होलिडे’ को चेतावनी

सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनप्रति पनि आपत्ति

    1046   पटक पढिएको

६ चैत /अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए ‘कन्ट्रक्सन होलिडे’ मनाउने चेतावनी दिएको छ ।
पछिल्लो चार/पाँच महिनायता भएको अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण व्यवसायीलाई काम गर्न समस्या भएको भन्दै महासंघले सरकारलाई दबाब दिन ‘कन्ट्रक्सन होलिडे’ मनाउनुपर्ने अवस्था आएको चेतावनी दिएको हो ।
निर्माण व्यवसायीले जुवा खेल्नका लागि यो व्यवसायमा नलागेको बताउँदै महासंका अध्यक्ष रवि सिंहले भने, ‘चार महिनामै दुई गुणा मूल्यवृद्धि भएपछि कसरी विकास निर्माणको काम अघि बढ्छ ?’
यसरी सरकारको ध्यानाकर्षण गराउँदा पनि अझै व्यवसायीको मागप्रति सरकार गम्भीर नभए कन्ट्रक्सन होलिडे मनाउनेबारे आगामी १४ चैतमा महासंघले छलफल गर्नेसमेत उनले जानकारी दिए ।
आगामी १४ चैतसम्म सरकारलाई आफ्ना समस्या समाधान गर्न आग्रह गर्ने र यदि सम्बोधन नभएको खण्डमा सोही दिन हुने महासंघको राष्ट्रिय भेलाबाट कन्ट्रक्सन होलिडेका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ ।
यसैगरी, महासंघले भर्खर संघीय संसद्बाट पारित भएको सार्वजनिक खरिद नियमावली २०६४ को ११औं संशोधनप्रति पनि आपत्ति जनाएको छ । महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आफ्ना माग सम्बोधन नभएको भन्दै यस्तो आपत्ति जनाएको हो । सो खरिद नियावली संशोधन बिहीबार राजपत्रमा प्रकाशित भइसकेको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रकाशन गरेको बोलपत्रको क्षेत्राधिकारअनुसार नेपालका दुई वटा कम्पनीले मात्रै भाग लिन मिल्ने व्यवस्था रहेकोप्रति महासंघले आपत्ति जनाएको हो ।
यसरी दुईवटा कम्पनीलाई मात्रै दृष्टिगत गरी जनताले तिरेको करको दुरुपयोग हुने र अस्वस्थ प्रतिस्पर्था पनि हुने बताउँदै अध्यक्ष सिंहले भने, ‘अहिले संशोधन पनि तिनै कम्पनीले भाग लिन पाउनेगरी भएको छ । यसमा महासंघ घोर आपत्ति जनाउँदै तत्काल खारेजीको माग गर्छ ।’
महासंघले साना निर्माण व्यवसायीले काम पाउने सुनिश्चितता र महासंघको सुझाव बमोजिम एकपटकमा पाँचवटा निर्माण कार्यको संख्याका आधारमा मात्र पाउने व्यवस्था हुनेगरी ११औं संशोधन गर्नुपर्ने जनाएको छ । यसैगरी, साना व्यवसायीलाई निर्माण कार्यमा संलग्न गराउन २५ करोड रुपैयाँसम्मका आयोजनामा जेभी पार्टनर भएको अवस्थामा कुनै एउटाले मात्रै अनुभवको सर्टिफिकेट देखाएमा पुग्ने व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ ।
यस्तो व्यवस्था हुँदा नयाँ तथा साना व्यवसायीलाई सहज हुने अपेक्षा गरिएको महासंघले जनाएको छ । गत २७ देखि २९ फागुनसम्म काठमाडांैमा भएको २३औं साधारणसभा एवं १२औं अधिवेशनपछि सम्पन्न निर्वाचनबाट महासंघको अध्यक्षमा रवि सिंह पुनः दोहोरिएका हुन् । सो निर्वाचनमा अध्यक्षमा विजयी सिंहसँगै महासंघको नयाँ नेतृत्वको ४६ पदमा नवनिर्वाचित व्यवसायी चुनिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।