logo

देस निर्वाचनमा होमिएसँगै आर्थिक गतिविधी बढ्यो

वाणिज्य बैंकहरुमा फागुनमा २२ अर्ब निक्षेप थपियो, १७ अर्ब कर्जा प्रवाह

    1304   पटक पढिएको

४ चैत /अर्थ र व्यापार – देस स्थानीय निर्वाचनमा होमिएसँगै अहिले आर्थिक गतिविधी बढ्न थालेको छ । जसका कारण वाणिज्य बैंकहरुमा फागुन महिनामै २२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सोही महिनामा बैंकहरुले थप १७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
यसअघि बैंकहरुमा निक्षेप थपिने क्रमले सुस्ताएपछि बैंकहरुले कर्जा लगानीमा नियन्त्रण गर्न थालेका थिए । केही साता अघिसम्म बैंकहरुले निक्षेप संकलन भन्दा अधिक कर्जा लगानी गर्दै आएका थिए । विगतका महिनामा निक्षेप नथपिए पनि कर्जा लगानीलाई निरन्तरता दिँदै आएका बैंकहरुले फागुन महिनामा कर्जा लगानीमा केही नियन्त्रण गरेका हुन ।
जसले गर्दा फागुनको अन्तिम सातामा ७ अर्ब रुपैयाँ निक्षेप थपिदा ३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन । नेपाल राष्ट्र बैंकले आयातमा कडाई गरेयता बैंकहरुले विदेशी मुद्राको कर्जा नियन्त्रण गर्दा फागुन लागेयता विदेशी मुद्राको कर्जा निरन्तर घटिरहेको छ । फागुनको अन्तिम साता वाणिज्य बैंकहरुमा विदेशी मुद्राको निक्षेप एक अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने कर्जा लगानी गरेका छैनन् ।
चालु आर्थिक वर्ष २०७८÷७९ को फागुन महिनामा स्वदेशी र विदेशी मुद्राको कुल निक्षेप २२ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी, सो अवधिमा १७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चालु आवको फागुन ३० गतेसम्ममा बैंकहरुमा कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ भने ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो तथ्य बैंकर्स संघले उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।