logo

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेर प्रतिव्यारल ९६ डलरमा ओर्लियो

नेपालमा भने अझै किन बढाईयो मुल्य ?

    1717   पटक पढिएको

४ चैत/अर्थ र व्यापार– अन्तर्राष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्य घटिरहेको छ । गत ८ मार्चमा प्रतिव्यारल हालसम्मकै उच्च १ सय २३ डलर पुगेको पेट्रोलियम पदार्थको मूल्य घटेर प्रतिव्यारल ९६ डलर भन्दा कममा कारोबार भइरहेको छ । तर, नेपालमा भने अझै पेट्रोलियम पदार्थकोे मूल्य बढेको बढ्यै छ ।
पछिल्लो १ सातामा मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारल २७ डलरसम्मले घटेको छ । तर, नेपाली बजारमा भने पछिल्लो १ महिनामै पेट्रोलियम पदार्थको मूल्य मात्रै प्रतिलिटर १० रुपैयाँले बढिसकेको छ ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि बढाउने र घटेपछि घटाउने गरेको छ । अहिले निगमले यस्तो स्वचालित मुल्य समायोजनको निगमलाई नै लत्याएर आफुखुरी लगातार मुल्य बढाएर नेपाली उपभोत्ताको ढाड सेक्ने काम गरिरहेको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले नेपाल आयल निगमको घाटा चुलिएपछि घट्न नसकेको जस्तो देखिएपनि भारतबाट नै मूल्य बढेर आएका कारण मूल्य घटाउन नसकिएको बताए । उनका अनुसार नेपालमा पेट्रोलियमको मूल्य भारतले पठाएको मूल्य अनुसार निर्धारण हुने हो । पछिल्लो समय पनि भारतले नयाँ मूल्य पठाउँदा बढाएर पठाएका कारण अझै नेपालमा मुल्य बढेको हो ।
भारतले पठाएको खरिदमूल्य अनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८२ रुपैयाँ, डिजेल १ सय ६९, मट्टितेल १ सय १३ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर २ हजार २ सय ४० रुपैयाँ पर्ने थियो । तर, निगमले घाटा खाएरै हालसम्म पेट्रोलियम पदार्थ बेचिरहेको उनको दावी छ ।
निगमका अनुसार गत बुधबार राती १२ बजेदेखि नै लागुहुनेगरि बढेको मूल्य वृद्धिपछि पनि अझै पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ , डिजेलमा ३२ रुपैयाँ र एलपी ग्याँसमा ६ सय ६५ रुपैयाँ घाटा रहेको छ । मट्टितेल र हवाई इन्धन विक्रीबाट भने निगमलाई नाफा रहेको छ ।
निगमको खरिद मूल्यभन्दा विक्री मूल्य कम हुँदा निगमलाई पेट्रोलियम पदार्थको मूल्यमा १५ महिनामा ४ अर्ब ६५ करोड रुपैयाँ घाटा हुने निगमको अनुमान छ । यस्तो अनुमानित घाटापुर्ति गर्नका लागि पनि निगमले पेट्रोलियमको मूल्य बढाईरहेको उपभोक्ता अधिकारकर्मीहरुले बताएका छन ।
केही साता अघि रुस र युक्रेनबीचको युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थदेखि सुनसम्मको मूल्य उच्च रुपमा बढेको थियो । तर, पछिल्लो समय भने एकाएक बढेर उच्च भएको पेट्रोलियम पदार्थ लगायत विभिन्न वस्तुको मूल्य लगातार ओरालो लागिरहेको छ ।
गत मार्च ८ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च प्रतिव्यारल १ सय ३० डलर पुगेको थियो । तर, यसको मूल्य हाल घटिरहेको भएपनि निगमले मूल्य बढाएरै बेचिरहँदा उपभोक्तालाई मार परेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । निगमले आगामी स्थानीय निर्वाचन खर्चकालागि राजनीतिक दलका नेताहरुलाई बाँड्ने पैसा जोहो गर्नका लागि उपभोक्तालाई मारमा पारेर मूल्य बढाइरहेको उनको भनाई छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य निरन्तर घटिरहँदा पनि यहाँ अत्यधिक रुपमा बढाईरहेकाले आम उपभोत्ता गम्भिर मारमा परेको उपभोत्ता अधिकारकर्मिरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।