logo

दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएपछि वाणिज्य विभागले उद्योगीसँग माग्यो मौज्दातको विवरण

    1418   पटक पढिएको

१ चैत/अर्थ र व्यापार – हाल बजारमा दैनिक उपभोग्य बस्तुहरुको मुल्य अस्वभाविक रुपमा अकासिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीसँग बस्तु मौज्दात मागेको छ ।
रुस–युक्रेन युद्धलाई बहाना बनाएर र रुस–युक्रेन झगडाले विश्वको आपूर्ति व्यवस्था बिथोलिएको भन्दै अहिले बजारमा दैनिक उपभोग्य बस्तुदेखि निर्माण समग्री लगायत हरेक क्षेत्रमा अस्वभाविक रुपले मूल्य बढाईएको छ ।
रुस–युक्रेन यद्धका कारण हाल युक्रेन र रुसबाट कुनै पनि बस्तु विश्व बजारमा निर्यात हुन नसकेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएर दैनिक उपभोग्य बस्तुको भाउ बढेको उद्योगीहरुको भनाई छ छ । उनीहरुले सोही युद्धकै कारण अन्तर्राष्ट्रिय बजारमा माग उच्च हुँदा बस्तुको मूल्य उच्च हुँदै गएको दावी गरेका छन ।
रुस–युक्रेन युद्धका कारण अहिले नेपालमा त्यसको सबै भन्दा बढी असर खाने तेलमा परेको छ । उद्यागीहरुले सनफ्लावर तेलको ९० प्रतिशत कच्चा पदार्थ युक्रेनबाट आयात गर्ने गरेका छन, भने बाँकि १० प्रतिशत रुसबाट आयात गर्ने गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको माघसम्म १२ अर्बको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको छ । जसमा ९ अर्बको कच्चा पदार्थ युक्रेनबाट र २ अर्ब ५८ करोडको कच्चा पदार्थ रुसबाट आयात भएको छ ।
रुस र युक्रेनबाट विश्व बजारमा सनफ्लावरको कच्चा पदार्थ आपूर्ति हुन नसके पछि त्यसको चाप सोयाविनमा परेको छ । युद्ध सुरु भएपछि एक सातामै सोयाविनको मूल्य प्रति टन १५९० सय डलर बाट बढेर १७ सय डलर माथि पुगेको थियो । तर अहिले पुनः घटेर प्रति टन १६ सय डलरमा झरेको छ । जुन ४ महिना अघि अर्थात नोभेम्बर ४ मा प्रति टन ११ सय ९० डलरमा कारोबार भइरहेको थियो ।
त्यस्तै डलर र पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै दैनिक दाल, चालम, चिनी लगायतका बस्तुको मूल्य प्रतिकेजी १५ देखि २० रुपैयाँले बढेको छ । विभिन्न कारण देखाउँदै उद्योगी व्यापारीहरुले वस्तुको मूल्य बढाउन थालेपछि विभागले मौखिक रुपमा मौज्दातको विवरण माग गरेको विभागका प्रवक्ता हरि पंगेनीले जानकारि दिए । अहिले बजारमा मूल्य बढेका सबै बस्तुको विवरण माग गरिएपनि अझै आईनसकेको बताउँदै पंगेनीले भने, ‘ अब उद्योगीले आफुसित भएको बस्तुको मौज्दात उपलब्ध गराउँनै पर्छ नत्र सरकारले कारबाही गर्छ । ’
उद्योगीहरुले भने सरकारले एक साताको समय दिइएको भएपनि तथ्यांक संकलन भएपछि ३ दिन आफूलाई क्रस चेक गर्न समय लाग्ने बताएका छन । युद्ध सुरु भएकै दिनबाट नेपाल खाने तेल प्रति लिटर ४० रुपैयाँ बढाएर २८० पु¥याइएको छ ।
बिभागले खाने तेलको मौज्दात माग गरेको एक साता भएपनि उद्योगिले मौज्दात दिएका छैनन् । त्यस्तै लागत महंगो भएको भन्दै उद्योगीले चिनीको मूल्य प्रति केजी १० रुपैयाँले बढाएपछि चिनी उद्योगीसँग पनि मौैैैज्दात मागेका छ । तर, हालसम्म कसैले पनि उपलब्ध गराएका छैनन् । यस अघि दाना उद्योगीले पुसमा दानाको मौज्दा विभागलाई बुझाएको थियो ।
यसैगरि, पेट्रोलियम पदार्थ महंगो भएको भन्दै स्टिल उद्यागीहरुले डण्डी तथा छड्को मूल्य प्रति केजी १५ देखि २० रुपैयँले बढाएका छन् । पेट्रोलियम पदार्थको मूल्य नेपालको इतिहासकै उच्च भएको र उद्यागीहरुले उद्योग डिजेलबाट चलाउनु पर्दा लागत बढेको भन्दै मूल्य बृद्धि गरेका हुन ।
बाणिज्य विभागले स्टिल उद्योगीलाई पनि एक साताको सय दिएर मौज्दात माग गरेको छ । यसैगरि, आइतबार अम्बे स्टिललाई ३५ मेगवाट विद्युत उपलब्ध गराएपछि छड्को मूल्य घट्ने बताईए पनि घटेको भने देखिएको छैन् । यस्तो अवस्थामा अझै उद्योगीले आफुलाई फाइदा हुने काम मात्र गरिरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।