logo

निर्माण व्यवसायी महासंघको निर्वाचन जारि , साढे ६ सय मत खस्यो

अध्यक्षका प्रत्यासी सिंह, कोइराला र पाण्डेबीच प्रतिस्पर्धा

    1628   पटक पढिएको


२९ फागुन/अर्थ र व्यपार– आइतबार बिहानदेखि सुरु भएको निर्माण व्यवसायी महासंघको निर्वाचनमा अहिलेसम्म मतदान कार्य जारि रहेको छ । यो समाचार तयार पार्ने बेलासम्ममा करिब साढे ६ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान कार्य दिउँसो ५ः३० बजेसम्म पुरा भईसक्ने महासंघको निर्वाचन समितिले जनाएको छ ।
महासंघको आगामी अध्यक्षकालागि वर्तमान अध्यक्ष रवि सिंह, बिकोई बिल्डर्सका सञ्चालक तथा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइराला,महासंघका वर्तमान बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन ।
आगामी नेतृत्वकालागि अध्यक्षमा आफ्नो समुह बनाएर चुनावी मैदानमा उत्रिएका वर्तमान अध्यक्ष सिंह महादेव खिम्ती निर्माण सेवाका सञ्चालक हुन । उनी पनि नेपाली कांग्रेस निकट व्यवसायी हुन् ।
यसैगरि, अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार पाण्डे ए वर्गको कालिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन् । राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेका छोरा पाण्डेले अघिल्लो कार्यकालमा नै अध्यक्षमा दावी गरेका थिए । तर, वर्तमान अध्यक्ष सिंहले अर्को कार्यकालमा सहयोग गर्ने बचत दिएर बरिष्ठ उपाध्यक्षमा समर्थन गरेका थिए ।
गत वर्षदेखि पाण्डे पनि काँग्रेस निकट व्यवसायीकै रुपमा चिनिएका छन । यसपालीको निर्वाचनमा पाण्डेले पनि आफ्नो भिन्दै समुह बनाएर चुनावी मैदानमा उत्र्रिएका हुन ।
त्यसैगरि, ए वर्गकै निर्माण कम्पनी बिकोइ बिल्डर्सका सञ्चालक कोइरालाले भने आफ्नो भिन्दै समुह बनाएका छैनन् ।
यस निर्वाचनमा अध्यक्ष बाहेक अन्य पदहरुमा अध्यक्षका प्रत्यासी सिंहको समुहबाट बरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) एसोसियट उपाध्यक्षमा अच्युतप्रसाद खरेल, १ प्रदेश उपाध्यक्षमा दिपक गौतम, २ प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा पंचराम तामाङ, लुम्विनी प्रदेश उपाध्यक्षमामेघजंग शाह, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का, सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश सेठी रहेका छन ।
यसैगरि महासचिवमा रोशन दाहाल, उपमहासचिव नितिगतमा शिबहरि घिमिरे, उपमहासचिव आन्तरिकमा बालाजु श्रेष्ठ रहेका छन । यसैगरि, कोषाध्यक्षमा अमरबहादुर विष्ट, सह कोषाध्यक्षमा सन्तोष शाह रहेका छन ।
अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार पाण्डेको समुहबाट बरिष्ठ उपाध्यक्षमा लक्ष्मण राना, एसोसियट उपाध्यक्षमा रामजि पन्त, १ प्रदेश उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, बागमती प्रदेशमा बालकृष्ण थापा, गण्डकी प्रदेशमा खेमप्रसाद मल्ल, लुम्विनी प्रदेशमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्नबहादुर खड्का रहेका छन ।
यसैगरि, महासचिवमा बासुदेब उप्रेती, उपमहासचिव नीतिगतमा मंगलबहादुर शाही, उपमहासचिव आन्तरिकमा नरहरि थपलिया, कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सह कोषाध्यक्षमा कविता कटुवाल रहेका छन । सो निर्वाचनमा वर्तमान प्रवक्ता टंक चौलागाइँ महासचिवमा यस्तो समुह भन्दा बाहिरबाटै चुनावी मैदानमा उत्रिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।