logo

महिला चेम्बर अफ कमर्सले मनायो ११२ औं नारी दिवस

    1236   पटक पढिएको


२४ फागुन/अर्थ र व्यापार– महिला चेम्बर अफ कमर्सले कोभिड १९ महामारी र यसले महिला उद्यमीमा पारेको प्रभावको विश्लेषण गर्दै ११२ औ नारी दिवस मनाएको छ । महिला कमर्सले चेम्बर अफ कमर्सको भवनमा आयोजित सो कार्यक्रममा महिला चेम्बरी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाले गर्ने ब्यवसायमा सरकारले सहयोग प्रदान गर्दै आएको भएपनि सो ब्यवसायलाई प्रोत्साहन गर्न सहयोगको दायरा बढाउनुपर्ने बताइन । यसैगरि, उनले उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा सुविधाको अभाव र आयकर भ्याट लगायतमा समस्या रहेको बताईन ।
सो कार्यक्रममा महिलालाई अहिलेको अवस्थाबाट माथि उठाउन उद्यमशिलताको विकास गर्दै उद्यमी बनाउने किसिमका कार्यक्रममा जोड दिनुपर्ने महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रि उमा रेग्मीले बताइन । उनले महिला सम्बन्धि योजना बनाउँदा डोको बोकेर दैनिकी चलाउदै आएका महिलाको तस्बीर हेर्दै योजना बनाउनु आवस्यक रहेको जानकारी दिईन् ।
‘जब सम्म डोको बोक्ने महिलाको जीवनस्तरमा उल्लेख्य परिवर्तन हुँदैन तवसम्म दिवस मनाउँदैमा खुसि हुन सकिँदैन,’ उनले भनिन्, ‘महिलाद्वारा उत्पादीत वस्तुको बजारीकरणका साथै महिलालाई विना धितो क्रण दिने व्यवस्था पनि तत्काल गर्नुपर्नेछ ।’
मन्त्रालयमा विनियोजन भएको बजेटमध्ये धेरै बजेट कर्मचारीको तलब भत्तामै खर्च हुन्छ । जसका कारण मन्त्रालयले योजना बनाएअनुसार काम गर्नमा कठिनाई भईरहेको मन्त्री रेग्मीले बताईन । उनले अब यो समस्या समाधान गर्नका लागि भन्दै आगामी बर्षको बजेटमा मन्त्रालयलाई मात्रै १ अर्ब ४५ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको जानकारी दिईन्।
सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ग्रामीण भेगमा रहेको बाँझो जग्गामा उत्पादन गर्ने गरी योजना अगाडी बढाउनुपर्ने बताए । यसैगरि, उनले चेम्बर अफ कमर्स व्यवसायीहरुको छाता संगठन भएका हिसाबले कृषकले गरेको उत्पादनलाई लोगो र बजारीकरण गर्दै सहयोग गर्न तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।