logo

महिला चेम्बर अफ कमर्सले मनायो ११२ औं नारी दिवस

    1555   पटक पढिएको


२४ फागुन/अर्थ र व्यापार– महिला चेम्बर अफ कमर्सले कोभिड १९ महामारी र यसले महिला उद्यमीमा पारेको प्रभावको विश्लेषण गर्दै ११२ औ नारी दिवस मनाएको छ । महिला कमर्सले चेम्बर अफ कमर्सको भवनमा आयोजित सो कार्यक्रममा महिला चेम्बरी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाले गर्ने ब्यवसायमा सरकारले सहयोग प्रदान गर्दै आएको भएपनि सो ब्यवसायलाई प्रोत्साहन गर्न सहयोगको दायरा बढाउनुपर्ने बताइन । यसैगरि, उनले उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा सुविधाको अभाव र आयकर भ्याट लगायतमा समस्या रहेको बताईन ।
सो कार्यक्रममा महिलालाई अहिलेको अवस्थाबाट माथि उठाउन उद्यमशिलताको विकास गर्दै उद्यमी बनाउने किसिमका कार्यक्रममा जोड दिनुपर्ने महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रि उमा रेग्मीले बताइन । उनले महिला सम्बन्धि योजना बनाउँदा डोको बोकेर दैनिकी चलाउदै आएका महिलाको तस्बीर हेर्दै योजना बनाउनु आवस्यक रहेको जानकारी दिईन् ।
‘जब सम्म डोको बोक्ने महिलाको जीवनस्तरमा उल्लेख्य परिवर्तन हुँदैन तवसम्म दिवस मनाउँदैमा खुसि हुन सकिँदैन,’ उनले भनिन्, ‘महिलाद्वारा उत्पादीत वस्तुको बजारीकरणका साथै महिलालाई विना धितो क्रण दिने व्यवस्था पनि तत्काल गर्नुपर्नेछ ।’
मन्त्रालयमा विनियोजन भएको बजेटमध्ये धेरै बजेट कर्मचारीको तलब भत्तामै खर्च हुन्छ । जसका कारण मन्त्रालयले योजना बनाएअनुसार काम गर्नमा कठिनाई भईरहेको मन्त्री रेग्मीले बताईन । उनले अब यो समस्या समाधान गर्नका लागि भन्दै आगामी बर्षको बजेटमा मन्त्रालयलाई मात्रै १ अर्ब ४५ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको जानकारी दिईन्।
सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ग्रामीण भेगमा रहेको बाँझो जग्गामा उत्पादन गर्ने गरी योजना अगाडी बढाउनुपर्ने बताए । यसैगरि, उनले चेम्बर अफ कमर्स व्यवसायीहरुको छाता संगठन भएका हिसाबले कृषकले गरेको उत्पादनलाई लोगो र बजारीकरण गर्दै सहयोग गर्न तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।