logo

सरकारले घटायो सुन आयातको सीमा

अब दैनिक १० केजी भन्दा बढी आयात गर्न नपाइने

    1207   पटक पढिएको

२२ फागुन/अर्थ र व्यापार – सरकारले सुन आयातको सिमा घटाएको छ । जसका कारण अबदेखि नेपालमा दैनिक १० केजी भन्दाबढी सुन आयात गर्न पाईने छैन ।
नेपाल राष्ट्र बैंकले आईतबार एक परिपत्र जारी गर्दै सुन आयातको कोटा (सिमा) घटाएको हो । यसअघि दैनिक २० केजीसम्म सुन आयात गर्न पाईने व्यवस्था थियो । त्यस्तो हुँदाको अवस्थामा पनि सुन चाँदीको कारोबारमा संलग्न व्यवसायीहरुले बजार माग अनुरुपको सुन आपुर्ति गर्न नसकेको बताउँदै आएका थिए ।
यसअघि व्यवसायीले सुन आयातको कोटा बढाउन बेलाबेलामा राष्ट्र बैंकमा लबिङसमेत गर्ने गरेका थिए । आईतबार अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा समेत सुनको मूल्य प्रति तोला दुई हजार रुपैयाँले बढेसँगै राष्ट्र बैंकले आइतबार यस्तो परिपत्र जारि गर्दै सुन आयात कोटा घटाएको हो ।
यसअघि राष्ट्र बैंकले पहिलो चरणको लकडाउनमा पनि मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै सुन आयातको कोटा दैनिक २० केजीबाट घटाएर १० केजीमा झारेको थियो । त्यसपछि अर्थतन्त्र चलायमान भएपछि पुनः सो सिमा बढाएर दैनिक २० केजीसम्म आयात गर्न पाउने पुरानै व्यवस्थालाई निरन्तरता दिएको थियो । अहिले पनि विलासिताका बस्तु आयातमा बहिरिरहेको पैसा जोगाउने उपाए स्वरुप यस्तो निणर्य गरेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।