logo

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ,प्रति लिटर पेट्रोलको मुल्य १४५ रुपैयाँ पुग्यो

    1109   पटक पढिएको

८ फागुन/अर्थ र व्यापार – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि नै लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएर प्रति लिटर १४५ रुपैयाँ तोकेको हो । यसअघि निगमले गत १८ माघमा पनि पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो । सो भाउ बृद्धिको आधा महिनाकै बीचमा निगमले पुनः पेट्रोलियम पदार्थको मुल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको छ ।
यसैगरि, निगमले शनिबार रातिदेखि नै लागु हुनेगरि, डिजेल÷मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर ३ रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको जनाएको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
अहिलेलाई हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । यसअघि निगमले गत १८ माघमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । अहिले छिमेकी मुलुक भारतीय आयल कर्पोरेशनबाट नै मुल्य बढेर आएकोले थप घाटा थेग्न नसकिएको कारण अहिले यहाँ पनि केही मुल्य समायोजन गर्नुपरेको निगमका सह प्रवक्ता पुष्कर कार्कीले जानकारि दिए । उनले स्वचालित प्रणाली अनुसार नै निगमले मुल्य समायोजन गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।