logo

नेपाल–पाकिस्तानबीच व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

    944   पटक पढिएको

३ फागुन/अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्शले नेपाल र पाकिस्तानबीच व्यापार सहजीकरण गर्न नेपालका लागि पाकिस्तानी राजदूतसमक्ष आग्रह गरेको छ ।
चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि पाकिस्तानी राजदूत शेद हैदर शाहसँगको भेटमा यस्तो आग्रह गरेका हुन ।
उनले नेपालदेखि कराँचीसम्म सिधा हवाई सेवा सञ्चालन गरी दुई मुलुकबीचको व्यापार सहजीकरण गर्न आग्रह गरे । यसैगरि,चेम्बरका अध्यक्ष मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदानप्रदान एवं अन्य आर्थिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
‘नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा ३ घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि गर्न सकिन्छ, पर्यटन विस्तार गर्न सकिन्छ, सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधी बढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन’ अध्यक्ष मल्लले भने ।
पाकिस्तानबाट नेपालले अहिले छोकडा, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी बस्तु, जुत्ता, चप्पल लगायत वस्तु आयत गर्दै आएको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागो लगायत बस्तु निर्यात गर्ने गरेको छ ।
नेपालले पाकिस्तानबाट वार्षिक १ अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको बस्तु आयत गर्ने गरेको छ भने १० करोड ४ लाख रुपैयाँ बराबर निर्यात गर्ने गरेको छ ।
सो भेटमा राजदूत शाहले हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए । उनले नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुने गरी आर्थिक सम्भावनाका क्षेत्रको पहिचान गर्नुपर्नेमा जोड दिए । दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले सक्दो पहल गर्ने राजदूत शाहको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।