logo

बीमा एजेन्टको संख्या साढे ७ लाख नाघ्यो, ३० प्रतिशत बागमती प्रदेशमा

    1091   पटक पढिएको

२ माघ/अर्थ र व्यापार – बीमा अभिकर्ताको संख्या साढे ७ लाख नाघेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा जीवन बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ जना छ । समितिका अनुसार वागमती प्रदेशमा २ लाख ३३ हजार १०२ जना अभिकर्ता रहेका छन् । जुन कुल संख्याको ३० प्रतिशत हुन आउँछ ।
बागमती प्रदेश पछि लुम्बीनी प्रदेशमा बढी अभिकर्ता छन् । समितिका अनुसार यस प्रदेशमा एक लाख ३१ हजार ५७५ जना रहेका छन् । प्रदेश नम्बर एकमा १ लाख २२ हजार ९१६ जना अभिकर्ता छन् । यस्तै, प्रदेश २ मा पनि १ लाख १ हजार, गण्डकी प्रदेशमा ७२ हजार ८९७ र सुदुरपश्चिम प्रदेशमा ६८ हजार ५५१ जना अभिकर्ता रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ५०६ जना अभिकर्ता छन् ।
समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै अभिकर्ता नेपाल लाइफमा इन्स्योरेन्स कम्पनीमा रहेका छन् । सो कम्पनीमा १ लाख ९४ हजार ७ सय ७७ जना अभिकर्ता आवद्ध भएका हुन् ।
बागमती प्रदेशमा नेपाल लाइफमा ६८ हजार ६४८ जना अभिकर्ता छन् । प्रदेश १ मा ३५ हजार ९५६, लुम्बिनी प्रदेशमा ३२ हजार, प्रदेश २ मा २९ हजार, गण्डकी प्रदेशमा ११ हजार, सुदुरपश्चिम प्रदेशमा १० हजार अभिकर्ता रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ५ हजार अभिकर्ता छन् ।
नेपाल लाइफ इन्स्योरेन्स पछि नेशनल लाइफ इन्स्योरेन्समा ५६ हजार ७४९ अभिकर्ता रहेका छन् । यस्तै, नेशनलपछि धेरै अभिकर्ता आवद्ध भएको कम्पनी एलआइसी नेपाल इन्स्योरेन्स नै हो । सो इन्स्योरेन्स कम्पनीमा ४९ हजार २३३ जना अभिकर्ता आवद्ध छन् । यस्तै, राष्ट्रिय बीमा संस्थान, मेट लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्समा भने १० हजार भन्दा कम अभिकर्ता आवद्ध भएको विमा समितिको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय बीमा संस्थानमा ६ हजार, मेट लाइफमा ७ हजार ३४७ र रिलायन्स लाइफ इन्स्योरेन्समा ९ हजार ५३१ जना अभिकर्ता आवद्ध रहेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।