logo

विकास निर्माणको काम कछुवा गतिमा ,पाँच महिनामा १५ प्रतिशत मात्र पुँजीगत खर्च 

    1347   पटक पढिएको

२५ पुस/अर्थ र व्यापार– पूर्वाधार विकास निर्माणको काम अपेक्षाकृत रूपमा अघि नबढेर कछुवाको गतिमा सीमित भएकोमा स्वयं सरकार र सम्बन्धित सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले चालू आर्थिक वर्ष २०७८/७९ को बितेका पाँच महिनाको अवधिमा विकास निर्माणसँग सम्बन्धित मन्त्रालयको पुँजीगत खर्च जम्मा १५ प्रतिशत मात्र हुनु देश र आम नागरिकका लागि घातक भएको बताएका छन् ।  
संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले शनिबार आयोजना गरेको विकाससम्बन्धी नीति तथा पुँजीगत खर्च हुन नसक्नुका कारण र समाधानका उपाय विषयक छलफल कार्यक्रममा सम्बन्धित मन्त्रालयले नै यस्तो जानकारी गराएको हो ।  
भौातिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले चालू आवको पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रो चौमासिकमा ३० प्रतिशत र तेस्रो चौमासिकमा बढी खर्च हुने पुरानै प्रवृत्तिका कारण यस्तो भएको बताइन् । 
प्राविधिक जनशक्ति अभाव, बिनायोजना बजेट छुट्याउनेजस्ता कारणले पनि अपेक्षाकृत रूपमा पुँजीगत खर्च हुन नसकेको उनले जानकारी गराइन् । 
संघीय सरकारलाई ८० वटा राजमार्ग मात्र हेर्ने जिम्मेवारी छ, राजमार्गबाहेकका अन्य सडक पनि हेर्नुपर्दा पनि पुँजीगत खर्च नहुने गरेको, ४० हजार इन्जिनियर देशबाहिर गएको र देशमै धेरै इन्जिनियर बेरोजगार भए पनि विकास निर्माणका योजनामा भने जनशक्तिको अभाव हुने गरेकाले मुलुकको पुँजीगत खर्चमा अपेक्षाकृत काम नभएको बताउँदै मन्त्री यादवले भनिन्, ‘अब सरकारले चार÷पाँच महिनाका लागि आवश्यक जनशक्ति लिने गरी काम गर्ने सोच बनाइएको छ ।’
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सार्वजनिक खरिद नियमावली एक वर्षमा चारपटक संशोधन गरेर पनि विकास निर्माण आयोजनाको समस्या समाधान हुन नसक्नु दुःखद् रहेको बताए । १० जना निर्माण व्यवसायीका हातमा दुई तिहाइभन्दा बढी योजना रहने गरेकाले पनि काममा ढिलाइ हुने गरेको उनको भनाइ छ । उनले २००८ सालदेखि नै मुलुकको पुँजीगत खर्च वार्षिक ८० प्रतिशतभन्दा बढी हुन नसक्नुका कारणको अब खोजी गर्नुपर्ने बेला आएको बताए । 
सांसद भीम रावलले पुँजीगत खर्च बढाउन ठूला तीन आयोजना लिने निर्माण व्यवसायीलाई अरू नदिने गरी कानुन निर्माण गरिनुपर्नेमा जोड दिए । ठेक्का लिनेले अर्कोलाई पेटी ठेक्कामा दिन नपाउने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । 
यसैगर,ि सांसद राधेश्याम अधिकारीले म्याद थपकै विषयलाई लिएर चारपटकसम्म खरिद नियमावली संशोधन गर्दा पनि समस्या समाधान नहुनुको कारण गहिरिएर खोजिनुपर्नेमा जोड दिए । अर्का सांसद दीनानाथ शर्माले विगत केही वर्षदेखिका आयोजनाका काम गुणस्तरीय रूपमा हुन नसकेको बताए । पञ्चायतकालमा भन्दा पनि गुणस्तरहीन विकास निर्माणका काम हुनुको कारण खोजी गरिनुपर्ने उनको सुझाव थियो ।
समितिका सभापति नीरा जैरुले विकास निर्माणका काममा ढिलाइ हुने समस्या जटिल बन्दै गएकाले यस सम्बन्धमा सबै सरोकारवाला निकाय र व्यक्तिलाई राखेर फेरि अर्को छलफल कार्यक्रम राखिने जानकारी गराइन् । विकास निर्माणको गति सुस्त हुँदा समस्या बढ्न थालेकाले समाधानमा यस समिति लागेको उनले सुनाइन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले १० यन्त्र देखाएर एउटै निर्माण व्यवसायीले १ सय ५५ वटासम्म ठेक्का लिएपछि अपेक्षाकृत रूपमा काम नहुने गरेको अनुभव सुनाए । निर्माण क्षेत्रका यस्ता समस्याले गर्दा पनि मुलुकको पुँजीगत खर्च बढ्न नसकेको उनको भनाइ थियो । 
आयोगका सचिव केवलप्रसाद भण्डारीले खरिद नियमावलीका समस्या समाधान गर्न ११औं संशोधन हाल मन्त्रिपरिषद्मा पुगेको बताए । विकास निर्माणको काम गर्ने निकायमा जनशक्ति अभाव भएकाले पनि पुँजीगत खर्च कम हुने गरेको उनले जानकारी गराए । ३५ अर्ब रुपैयाँ बजेट हुँदा र डेढ खर्ब पुग्दा पनि उही जनशक्तिका भरमा काम गर्नुपरेको सचिव भण्डारीले सुनाए ।
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्रालयले हालसम्म यस मन्त्रालयबाट १३ प्रतिशत खर्च गरेको जानकारी गराए । विगत वर्षमा ४० लाख रुपैयाँसम्मका योजना उपभोक्ता समितिमार्फत गर्ने गरिएकामा कामको गुणस्तरलगायत विषयमा गुनासो आएपछि यस वर्षदेखि सबै योजना ठेक्का प्रक्रिबाट नै सञ्चालन गरिएको उनले जानकारी गराए ।
अर्थ मन्त्रालयका सहसचिव रीतेशकुमार शाक्यले राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको सहजीकरणसम्बन्धी विधेयकको मस्यौदा भइरहेकाले त्यो आएपछि धेरै समस्या समाधान हुन सक्ने बताए । अर्थमन्त्री जर्नादन शर्माले हरेक महिना १० प्रतिशत खर्च गर्ने बताउँदै आए पनि अहिलेसम्म बोलेअनुसारको काम नभएको सम्बन्धित सरोकारवालाहरूको भनाइ छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।