logo

चाँदी अस्वभाविक आयातबारे समितिको प्रश्न

के चाँदीको खाटमा सुत्नकालागि चार महिनामै ९ अर्बको चाँदी ल्याईएको हो ?

    1073   पटक पढिएको

२५ पुस/अर्थ र व्यापार– संसदीय संसदको सार्वजनिक लेखा समितिमा चाँदी अस्वभाविक आयातबारे प्रश्न उठेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग गरिएको छलफलमा समितिका सभापति भरतकुमार शाहले यस्तो प्रस्न गरेका हुन् । उनले चाँदी खाटमा सुत्न यतिधेरै परिमाणमा चाँदी आयात गरिएको हो र ? भन्ने प्रश्न गरे ।
चालु आर्थिक वर्ष २०७८/०७९ को वितेका ४ महिनाको अवधीम ९ अर्ब रूपैयाँ भन्दा बढीको चाँदी आयात भएपछि नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सीमा लगाएको छ । सभापति शाहले भने, ‘चार महिनामै किन यति धेरै चाँदी किन आयात भएको छ, हाल नेपालील चाँदीकै खाट बनाएर सुतिरहेका छन् र ?।
यसैगरि, समितिका सभापति शाहले सुन चाँदी, गाडी, पेट्रोलियम पदार्थ, साथै कच्चा पाम र सोयानिन तेलको आयात बढ्दा मुलुकमा बैंकिङ तरलतामा चाप परेको जिकिर गरे । उनले आयातीत चाँदीको उपयोगको बारेमा सरकार र सम्बन्धि निकायले अध्ययन गर्नुपर्ने बताए । शाहले भ्यालु एड भएर मुलुकको अर्थतन्त्रमा योगदान दिन नसक्ने पाम तेल र सोयाविन तेलको आयात बढ्नु अर्थतन्त्रको लागि उपयुक्त नभएको बताए ।
आयात बढेकैले तरलता अभाव भएको हुँदा यसमा नियन्त्रण आवश्यक रहेको उनको भनाई छ । ब्याजदर लगायतका क्षेत्रमा नियामकीय निकायको हस्तक्षेपकारी भुमिका सकारात्मक भएको भन्दै उनले नियामक निकायको काम नै आवश्यक ठाउँमा हस्तक्षेप गर्नुपर्ने बेला आएको बताए ।
त्यसैगरि,सभापति शाहले वितेका चार महिनामा नै ४ खर्ब कर्जा प्रवाह भएको भन्दै एक वर्षमा १२ खर्ब कर्जा दिने ? भनेर प्रश्न गरे । उनले ठेक्काको धरौटी वापत १ खर्ब रहेको भन्दै त्यसलाई वाणिज्य बैंकमा पठाएर उपयोग गरिनु पर्ने बताए । सभापति शाहले तरलता अभाव भएको बेलामा धरौटीमै खर्ब रुपैयाँ रहेकोमा आश्चर्य व्यक्त गरे ।
लेखा समितिले देशको वर्तमान आर्थिक स्थितिबारे छलफल गर्न अर्थ सचिब मधु मरासिनी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलमा बोलाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।