logo

विकासे काम नभएकाले निर्माण सिजनमा सिमेन्ट र डण्डीको मूल्य घट्यो 

    2068   पटक पढिएको

१३ पुस /अर्थ र व्यापार – विकास निर्माणको सिजनमै सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ । गत मंसिरमा फलामे डण्डीको मूल्य बढेपनि पुस लागेपछि भने डन्डी र सिमेन्टको बजार भाउ केही घटेको सम्बन्धीत सरोकारवाला तथा व्यवसायीहरुले बताएका छन ।
विश्व महमारीका रुपमा फैलिएको कोरोना भाइरस र बर्खायामका कारण रोकिएको निर्माणजन्य कामको सिजन सुरु हुँदा पनि अहिले बैंकमा तरलताको अभाव, विभिन्न राजनीतिक दलहरुको महाधिवेशनले विकास निर्माणको काम नभएका कारण अहिले निर्माणजन्य सामग्रीको मूल्य घटेको सिमेन्ट उत्पादक संघको भनाई छ ।
संघका उपाध्यक्ष तारा पोखरेलले पुसमा सिमेन्टको मूल्य ५० रुपैयाँसम्म घटेको बताए । उनका अनुसार निर्माण सिजनमै निर्माणजन्य सामग्रीको मूल्य घट्न् पर्ने नभएपनि अहिले विभिन्न कारणले सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ ।
‘दैनिक सिमेन्ट उत्पादन क्षमताको आधा मात्रै बिक्री भइरहेको छ, अहिले निर्माण सिजन नभएको र सिमेन्ट बिक्री कम हुँदा अस्वस्थ प्रतिस्पर्धा पनि बढेको छ, अहिले बोरामा ५० रुपैयाँसम्म घटेको छ, ओपीसी सिमेन्ट प्रतिबोरा ५७० र पीपीसीको ४५० रुपैयाँ मा झरेको छ,’ उनले भने ।
यसैगरि, ओपीसी सिमेन्टको ६२० र पीपीसी सिमेन्टको मूल्य ५२० रुपैयाँसम्म थियो । विकास निर्माणको काम नहुँदा सिमेन्टको मूल्य घटेको उनको अनुमान छ ।
विकासे काममा लाग्ने मजदुर ÷श्रमिक सबै विभिन्न राजनीतिक दलका महाधिवेशनमा व्यस्त छन्, बैंकमा तरलताको त्यस्तै संकट छ, नयाँ ऋण मात्रै होइन स्वीकृत भइसकेको ऋण पनि बैंकले दिन मानिरहेका छैनन्, निर्माण सम्पन्न भइसकेको कामको रकम पनि भुक्तानी भइसकेको छैन,जसका कारणले पनि सिमेन्ट र डन्डीमा भाउ घटएरै भएपनि विक्री गर्नुपर्ने बाध्यात्मक अवस्थाले हाल बजारमा यस्ता सामाग्रीको मुल्य घटेको उनको भनाई छ । 
उनका अनुसार अहिले दैनिक उत्पादनको आधा पनि खपत भइरहेको छैन । वार्षिक १८ मिलियन टन उत्पादन हुने भएपनि अहिले ९ मिलियन टन पनि खपत नहुने भएकाले यस्तो अवस्था आएको हो । सिमेन्टसँगै फलामजन्य सामग्रीको मूल्य घटेको उनको भनाई छ । तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको अधिकाँश व्यवसायीको भनाई छ ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले पछिल्लो समय छडको मूल्य घटेको बताए । उनले आफुले खरिद गरेर ल्याएको डण्डीको मूल्य १०२ रुपैयाँ परेको बताए । अध्यक्ष कटुवालका अनुसार पहिला प्रतिकिलो ११० रुपैयाँ भएको छड अहिले घटेर १०२ रुपैयाँमा आएको छ । यसैगरि, पहिले १०९ रुपैयाँको छड १०४ रुपैयाँमा पाइँने गरेको छ । अहिले केही उद्योगले उत्पादन गर्ने डण्डीको मूल्य भने ८७ रुपैयाँ पनि पर्ने गरेको उनको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।