logo

विकासे काम नभएकाले निर्माण सिजनमा सिमेन्ट र डण्डीको मूल्य घट्यो 

    2225   पटक पढिएको

१३ पुस /अर्थ र व्यापार – विकास निर्माणको सिजनमै सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ । गत मंसिरमा फलामे डण्डीको मूल्य बढेपनि पुस लागेपछि भने डन्डी र सिमेन्टको बजार भाउ केही घटेको सम्बन्धीत सरोकारवाला तथा व्यवसायीहरुले बताएका छन ।
विश्व महमारीका रुपमा फैलिएको कोरोना भाइरस र बर्खायामका कारण रोकिएको निर्माणजन्य कामको सिजन सुरु हुँदा पनि अहिले बैंकमा तरलताको अभाव, विभिन्न राजनीतिक दलहरुको महाधिवेशनले विकास निर्माणको काम नभएका कारण अहिले निर्माणजन्य सामग्रीको मूल्य घटेको सिमेन्ट उत्पादक संघको भनाई छ ।
संघका उपाध्यक्ष तारा पोखरेलले पुसमा सिमेन्टको मूल्य ५० रुपैयाँसम्म घटेको बताए । उनका अनुसार निर्माण सिजनमै निर्माणजन्य सामग्रीको मूल्य घट्न् पर्ने नभएपनि अहिले विभिन्न कारणले सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ ।
‘दैनिक सिमेन्ट उत्पादन क्षमताको आधा मात्रै बिक्री भइरहेको छ, अहिले निर्माण सिजन नभएको र सिमेन्ट बिक्री कम हुँदा अस्वस्थ प्रतिस्पर्धा पनि बढेको छ, अहिले बोरामा ५० रुपैयाँसम्म घटेको छ, ओपीसी सिमेन्ट प्रतिबोरा ५७० र पीपीसीको ४५० रुपैयाँ मा झरेको छ,’ उनले भने ।
यसैगरि, ओपीसी सिमेन्टको ६२० र पीपीसी सिमेन्टको मूल्य ५२० रुपैयाँसम्म थियो । विकास निर्माणको काम नहुँदा सिमेन्टको मूल्य घटेको उनको अनुमान छ ।
विकासे काममा लाग्ने मजदुर ÷श्रमिक सबै विभिन्न राजनीतिक दलका महाधिवेशनमा व्यस्त छन्, बैंकमा तरलताको त्यस्तै संकट छ, नयाँ ऋण मात्रै होइन स्वीकृत भइसकेको ऋण पनि बैंकले दिन मानिरहेका छैनन्, निर्माण सम्पन्न भइसकेको कामको रकम पनि भुक्तानी भइसकेको छैन,जसका कारणले पनि सिमेन्ट र डन्डीमा भाउ घटएरै भएपनि विक्री गर्नुपर्ने बाध्यात्मक अवस्थाले हाल बजारमा यस्ता सामाग्रीको मुल्य घटेको उनको भनाई छ । 
उनका अनुसार अहिले दैनिक उत्पादनको आधा पनि खपत भइरहेको छैन । वार्षिक १८ मिलियन टन उत्पादन हुने भएपनि अहिले ९ मिलियन टन पनि खपत नहुने भएकाले यस्तो अवस्था आएको हो । सिमेन्टसँगै फलामजन्य सामग्रीको मूल्य घटेको उनको भनाई छ । तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको अधिकाँश व्यवसायीको भनाई छ ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले पछिल्लो समय छडको मूल्य घटेको बताए । उनले आफुले खरिद गरेर ल्याएको डण्डीको मूल्य १०२ रुपैयाँ परेको बताए । अध्यक्ष कटुवालका अनुसार पहिला प्रतिकिलो ११० रुपैयाँ भएको छड अहिले घटेर १०२ रुपैयाँमा आएको छ । यसैगरि, पहिले १०९ रुपैयाँको छड १०४ रुपैयाँमा पाइँने गरेको छ । अहिले केही उद्योगले उत्पादन गर्ने डण्डीको मूल्य भने ८७ रुपैयाँ पनि पर्ने गरेको उनको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।