logo

हस्तकला महासंघको स्वर्ण महोत्सव,  सरकारलाई स्वदेशी हस्तकला प्रयोग गर्न उपराष्टपतिको आग्रह

    1354   पटक पढिएको

२९ मंसिर/अर्थ र व्यापार– नेपाल हस्तकला महासंघ ५० औं वर्षमा प्रवेश गरेको छ । महासंघले स्वर्ण महोत्वस बर्षभरी विभिन्न प्रवद्र्धनमुलक कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरेको छ । 
मंगलबार काठमाडौंमा आयोजित स्वर्ण महोत्सवको घोषणा, १० औंं हस्तकला दिवस तथा हस्तकला वर्ष सन् २०२१ को समापन कार्यक्रममा उपराष्टपति नन्दबहादुर पुनले महासंघको स्वर्ण महोत्सव शुभारम्भ भएको घोषणा गरेका हुन । 
उनले निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तराष्र्टिय जगतमा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए । यसैगरि, उनले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामाग्री प्रयोग गर्न आग्रह समेत गरे । उनले नेपाली हस्तकलाले व्यापारघाटा न्यूनीकरणमासमेत महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्नेमा जोड दिए । 
उपराष्टपति पुनले भने,‘नेपाल सर्बोच्च शिखर सगरमाथा, गौतम बुद्धको नामले विश्वभर चिनिदै आएको छ, यसमा  हस्तकलासमेत थपिएको छ, नेपाली हस्तकलाले नेपाली कला संस्कृतिको संरक्षण सम्वद्र्धसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ  जुन हाम्रा लागि गौरवको कुरा हो ।’
नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले कोरोनाबाट थलिएको हस्तकला व्यवसायलाई पुनर्र्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले महासंघले स्वर्ण वर्षभरी हस्तकला व्यवसायको प्रवद्र्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरणसम्बन्धी गोष्ठी सेमिनार गर्ने, व्यापार मेला प्रदर्शनी आयोजना गर्ने, वस्तु विकास, सीप विकास, डिजाईन विकास र सीप हस्तान्तरण सम्बन्धी तालिम संचालन गर्ने, हस्तकलाको सरकारसँग बहस पैरवी गर्न आवश्यक नीति तर्जुमा तथा अनुसन्धानमुलक कार्यक्रम गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, स्वर्ण सिक्का निष्काशन गर्ने जानकारी दिए । 
यसैगरि, उनले हस्तकलाले खेलेको भूमिकाबारे निवन्ध प्रतियोगिता आयोजना गर्ने, महासंघका पूर्व पदाधिकारी तथा सदस्यलाई क्रमश सम्मान गर्दै जाने, बृक्षारोपणका कार्यक्रम संचालन गर्ने, हेरिटेज वाक कार्यक्रम आयोजना गर्ने र स्वर्ण वर्षभरि प्रयोग गर्ने गरी लोगो अंकित मफलर बनाउने रहेको पनि बताए । 
हस्तकला महासंघका उपाध्यक्ष तथा हस्तकला स्वर्ण वर्षका संयोजक रवीन्द्र शाक्यले हस्तकलाको विकास र विस्तारका लागि सबैभन्दा पहिले हस्तकला नीति तर्जुमा गरिनुपर्ने बताए । उनले महासंघले हस्तकला नीतिको मस्यौदा सरकारलाई बुझाएको आठवर्ष वितिसक्दा पनि नीति कार्यान्वयन नआएको उनले गुनासो समेत गरे । कोरोना प्रभाव, कच्चा पदार्थ अभाव, निर्यातमा महँगो कार्गो भाडा, सरकारी उपेक्षा लगायतका कारण नेपाली हस्तकला संकटबीच गुज्रिरहेको धारणा राखे ।  
महासंघका बरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोरोनाले थलिएको हस्तकलालाई पुनर्जीवन दिने उद्देश्यका साथ महासंघले हस्तकला वर्ष घोषणा गरेर विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि निरन्तरता दिइने बताए । सो अवसरमा महासंघका संस्थापक अध्यक्ष सागरसमशेर राणा, महासंघका संस्थापक सदस्य मोतिलाल सिल्पकारका साथै उत्कृष्ट निर्यातकर्ता एभरेष्ट फेसनका प्रवन्ध निर्देशक महेश्वर श्रेष्ठ, सुनिता शेर्पा, नरेशलाल श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
महासंघका अध्यक्ष शाक्यका अनुसार ४९ औं वर्षको यात्रामा महासंघले हस्तकला क्षेत्रको दीगो विकासका लागि विभिन्न कार्यक्रम सचालन गरेको छ । हस्तकलाको अन्र्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि सरकारको सहयोगमा अमेरिकाको न्यूयोर्कमा प्रोडक्ट अफ नेपाल(पोन) नामक कम्पनी स्थापना र संचालनमा महत्वपूर्ण भूमिका खेलेको थियो । समान उद्देश्यका अन्तराष्ट्रिय संघ संस्थासँग भातृत्वपूर्ण सम्बन्ध विकास गर्ने क्रममा महासंघले विश्वकला परिषद (वल्र्ड क्राफ्ट काउन्सिल)को सन् १९९० मा सदस्यता लिई परिषदबाट संचालन हुने कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै आएको छ । 
परिषदको एसिया प्रशान्त क्षेत्रको सम्मेलन महासंघले काठमाडौंमा सफलतापूर्वक आयोजना गरेको थियो । महासंघका अनुसार संगठनलाइ देशव्यापी बनाउन हस्तकला संघलाई २०६३ सालमा नेपाल हस्तकला महासंघमा परिणत गरिएको थियो । हाल १७ जिल्ला संघ, १२ वस्तुगत संघ, फर्म, कम्पनी, उद्योग, कलाकार, कालीगढ गरी चार हजार सदस्यमध्ये एकहजार सातसय क्रियाशिल सदस्य रहेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।