logo

कवाड सप्लायर्स व्यापारीमाथि झन्डै ४५ करोडको मुद्दा

    1207   पटक पढिएको

२० मंसिर/ अर्थ र व्यापार – राजश्व अनुसन्धान विभागले कवाड सप्लायर्स व्यापारीमाथि झन्डै ४५ करोडको मुद्दा दायर गरेको छ । आफ्नो अनुगमन तथा निगरानीलाई तिब्र बनाएको विभागले अर्कै कम्पनीको नाममा सामान खरिद गरि २२ करोड भन्दाबढी रुपैयाँ राजश्व छल्ने कबाडी व्यापारीमाथि झन्डै ४५ करोड रुपैयाँको मुद्दा दायर गरेको हो । 
रूपन्देही जिल्लाको समरीमाही गाउँपालिका–६ स्थित कशौधन कवाड सप्लायर्सका सञ्चालक प्रमोद कुमार गुप्ताले २२ करोड ३६ लाख ९३ हजार ४७९ रूपैयाँ राजश्व छलेको भन्दै त्यसको डबल ४४ करोड ७३ लाख ८६ हजार ९५८ रूपैयाँ मागदाबी सहित विभागले तुल्सीपुर उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको जनाएको छ ।
सो सप्लायर्सका सञ्चालक गप्ता र अर्का आरोपी गोबिन्द कुमार कशौधनलले राजस्व चुहावट गर्ने मनसाय राखेर अरुकै फर्मको नामबाट सामान खरिद गरी सो सामान विभिन्न व्यक्तिहरुलाई विक्री गरी त्यसको लेखांकन नगरी मुल्यअभिबृद्धिकर तथा आयकर छली गरेको आरोप विभागको छ । उनीहरुले मुल्यअभिबृद्धिकर तर्फ ६ करोड ३१ लाख ४८ हजार २६६ रुपैयाँ र आयकर तर्फ १६ करोड ५ लाख ४५ हजार २१३ रूपैयाँ राजश्व छली गरेको पाईएको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ । 
रुपन्देहीको समरिमाही गाउँपालिका –६  स्थायी ठेगाना भएका कशौधन कवाड सप्लायर्स (स्थायी लेखा नं. ३०५१४३०२४ भएका सोही फर्मका प्रोपराइटर ३२ वर्षिय गुप्ता र अर्का व्यापारि गोविन्दकुमार कौशधन लगायत बिरुद्ध विभागले उनीहरुले छलिगरेको राजश्व २२ करोड ३६ लाख ९३ हजार ४७९ रुपैयाँ विगो र सोही रकमको शतप्रतिशत अर्थात यसको दोब्बर ४४ करोड ७३ लाख ८६ हजार ९५८ रुपैयाँ असुल गर्नेगरि अदालतमा मुद्दा दायर गरिएको विभागले बताएको छ ।  
विभागका महानिर्देशक प्रकाश पौडेलले यस विभागका अनुसन्धान अधिकृतहरुको विशेष निकरानीका कारण अहिले राजश्ज छलिमा संलग्न यस्ता व्यक्ति तथा फर्महरुलाई धमाधम बाहिर ल्याउने काममा सफलता मिलेको बताए । 
विभागका अनुसार राजश्व छलिमा संलग्न उनीहरुको सो फर्मले मूल्य अभिबृद्धि कर तफ ६ करोड ३१ लख ४८ हजार २ सय ६६ रुपैयाँ र आयकरतर्फ १६ करोड ५ लाख ४५ हजार २ सय १३ रुपैयाँ गरी कुल २२ करोड ३६ लाख ९३ हजार ४७९ रुपैयाँ राजश्व छलि गरेको अनुसन्धानबाट खुलेको छ । अब उनीहरुमाथी राजश्व अनुसन्धान तथा नियन्त्रण पहिलो संसोधन ऐन २०५२ को दफा २३ को उपदफा १ बमोजिम राजश्व छलिगरिएको रकम बराबरको बिगो र सोही बिगोको शतप्रतिशत जरिवाना र तीन वर्षसम्म कैद संजायको माग दावी सहित मुद्दा दायर गरिएको छ । 
सरकारले राजश्व छल्लेहरुमाथी बढाएको तिब्र अनुगमन तथा निगरानीसँगै अहिले राजश्व छलिका अनेकौं रुप धमाधम बाहिरिन थालेको छ । पछिल्लो समय विभिन्न तरिका अपनाएर राजश्व छलिमा संलग्न तथा संकास्पद व्यक्ति र फर्महरुमा गरिएको निगरानीकै कारण अहिले अनेक रुपमा राजश्व छलिगर्नेहरुलाई समानेर विभिन्न अदालतमा मुद्दा दायर गरि कानुनी दायरामा ल्याउन सफल भएको राजश्व अनुसन्धान विभागले जनाएको छ । 
आफ्नो अनुगमन तथा निगरानीलाई तिब्र बनाएको विभागले अर्कै कम्पनीको नाममा सामान खरिद गरि करोडौं रुपैयाँ राजश्व छल्ने कबाडी व्यापारीमाथि झन्डै ४५ करोड रुपैयाँको मुद्दा दायर गरेपछि राजश्व छलिमा यस्ता अनेक रुप भईरहेको तथ्य बाहिर ल्याएको हो । 
यसअघि पनि विभागले फल्स बटम बनाएर, नक्कली विजक बनाएर र विभिन्न व्यक्तिहरु तथा मजदुरको नाममा नक्कली फर्म खोलेर करोडौं रुपैयाँ राजश्व छल्नेहरुलाई विभिन्न अदालतमा मुद्दा दायर गरेको बताउँदै आएको छ । अहिलेसम्म यस्ता अनेक तरिका अपनाएर गरिने राजश्व छलिका घटनाहरुको संख्या पनि हजारौं भईसकेको सो विभागले जनाएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।