logo

कोरोनाले थलिएको अर्थतन्त्र उकास्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न प्रधानमन्त्रीको आवह्वान 

थप लगानी ल्याए सरकारले ग्यारेन्टी लिने

    987   पटक पढिएको

१५ मंसिर /अर्थ र व्यापार – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाले थलिएको देशको अर्थतन्त्र उकास्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । उनले लामो समय रहेको कोरोना महामारिका कारण मुलुकको अर्थतन्त्रमा निकै गहिरो प्रभाव परेकाले पछिल्लो २ वर्षमा अर्थतन्त्रले निकै अप्ठ्यारो परिस्थितिको सामाना गर्नुपरेको भन्दै अब सरकार र निजी क्षेत्र मिलेर अघिबढ्नुको विकल्प नभएको बताए । 
कोरोना महामारिकै कारण अझै आवश्यक लगानी जुट्न नसकेकाले अहिले त्यस्तो लगानी जुटाउने काम भइरहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, ’वैदेशिक लगानीका लागि हामी आह्वान गर्छौं, यसरी आउने लगानीको ग्यारेन्टी सरकारले लिन्छ ।’
मुलुकमा लगानीको वातावरण अझ सहज बनाउन र व्यवसायको लागत घटाउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै प्रधानमन्त्री देउवाले अगामी पाँच वर्षभित्रमा विकासशील राष्ट्रका रूपमा देशलाई उभ्याउने तयारी भएको दावी गरे । अबको १० वर्षभित्र मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने १५ औँ योजनाको दीर्घकालीन लक्ष्य हाँसिल गर्न सबै लाग्नुपनमा उनले जोड दिए ।
अर्थमन्त्री जनार्दन शर्माले अहिले सरकारले थप विदेशी लगानी भित्राउने काम भइरहेको बताए । जसकालागि अहिले सरकारले गैरआवासीय नेपालीले नेपाली बैंकमा डलर खाता खोल्न पाउने प्रावधान कार्यान्वयन गर्न लागेको जानकारि गराउँदै अर्थमन्त्री शर्माले भने, ‘ अब यसले पनि मुलुकलाई आवस्यक थप लगानी जुटाउन सहयोग पुग्ने छ । ’  
उनले विलासिताको वस्तु आयातमा रोक लगाउने बताए । पछिल्लो समय देशले धान्नै नसक्नेगरी ब्यापारघाटा वढिरहेको अवस्थामा विलासिताका वस्तु आयातमा रोक लगाउने तयारीमा रहेको सरकारले केही समय अघि मात्र सरकारले छोकडा, सुकुमेल, सुपारी र केराउ आयातमा परिमाणत्मक बन्देज लगाउँदै आयातमा रोक लगाएको थियो । तर अबका दिनमा विलासिताका बस्तु आयातमा रोक लगाउन पहल भैरहेको समेत उनले जानकारी दिए । हाल नीतिगत सुधारका लागि काम भैरहेको भन्दै उनले भ्रष्टाचार न्यूनिकरण र पारदर्शितामा सुधार गर्नुपर्नेमा जोड दिए । 
सरकारले विभिन्न ८ वटा विदेशी मुद्रामा खाता खोल्न दिने व्यवस्था गरेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘न्यूनतम ५ हजार डलरमा एनआरएनहरुले १ वर्षको मुद्दती खाता खोल्न सक्नेछन् ।’ एनआरएनहरुलाई उनीहरुले बैंकमा जम्मा गरेको निक्षेप र त्यसको प्रतिफलसमेत सहज रुपमा बाहिर लैजान मिल्ने व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष शेखर गोल्छाले सरकार कोभिज पछिको अर्थतन्त्र पुनरुत्थानमा चुकेको बताए । ‘कोभिड पछि हामीले अर्थतन्त्रलाई जुन रुपमा अघि बढाउनुपर्ने थियो त्यो हुन सकेन,’ उनले भने, ‘कोभिडपछि वैदेशिक रोजगारीमा गएका ६ लाख ७५ हजार युवा स्वदेश पर्फिएका थिए तर, देशमा रोजगारी नहुँदा पुनः वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।’ 
यसैगरि,उनले पछिल्लो समय देशमा आउने वैदेशिक सहायता ठप्प भएको भन्दै अतिराष्ट्रवादबाट माथि उठेर ६ हजार करोडको एमसीसी परियोजना सहर्ष स्वीकार गर्नुपर्ने धारणा राखे । 
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पछिल्लो समय विचौलियाहरुले नीतिगत दलाली गरेर अर्थतन्त्रमा चलखेल गर्ने काम गर्दैै आएको बताए । विशेषगरी पछिल्लो समय सम्पूर्ण बीमा कम्पनीहरुले नेपालकै मात्र पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेर नीतिगत रुपमै चलखेल भएको उनको भनाई थियो ।
त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सरोकारवाला निकायसँग छलफल नै नगरी नीतिगत परिवर्तन गर्दा समस्या उत्पन्न भएको बताए । संघिय साँसद् तथा चौधरी ग्रुपमा अध्यक्ष बिनोद चौधरीले पनि मन्तव्य व्यक्त गरेका थिए । 
सो कार्यक्रममा यस वर्षको सेजन पत्रकारिता अवार्ड पत्रकारद्दोय रमेशकुमार न्यौपाने र सुनिता कार्कीलाई प्रदान गरिएको छ । यसैगरि, प्रोफेसर अच्युत वाग्ले र राजिव उपाध्यायलाई पनि सम्मान गरिएको थियो भने यस वर्षको फेलोसिप हिमाल लम्साल र सरस्वती ढकालले प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।