logo

वालेट सेवा सञ्चालन गर्दै आयल निगम

    960   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार – नेपाल आयल निगमले आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने भएको छ ।सेवालाई छिटो छरितो ढंंगबाट अगाडी बढाउनका लागि निगमले सो सेवा सञ्चालन गर्न लागेको हो । पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि निगमले यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
वालेट सेवा सञ्चालनका लागि राष्ट्र बैंकसँग अनुमतिका लागि गरिसकेको निगमको भनाइ छ । वालेट सेवा सञ्चालन गर्ने अनुमतिको विषयमा केन्द्रीय बैंक सकारात्मक भएपछि निगम यसको तयारीमा अघि बढाएको हो ।
अहिले निगमको इन्टरप्राइजेज रिसोर्स प्लान (ईआरपी) परियोजना कार्यान्वयनको चरणमा छ । सो परियोजनालाई ५ वटा सेगमेन्टमा विभाजन गरिएकोमा ३ वटा सेगमेन्ट अहिले व्यवसायिक प्रयोगमा गइसकेको छ । बाँकी २ सेगमेन्टमध्ये डिजिटल भुक्तानीअन्तर्गत यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको निगमले जानकारी दिएको हो ।
निगमका अनुसार मोबाइल एप्लिकेसनमार्फत् सञ्चालन हुने यो प्रणाली कार्यान्वयनमा आएपछि सो एपमार्फत् घरमै बसेर ग्यास अर्डर गर्न, बाटोमा हिँड्दा पेट्रोल पम्पको लोकेसन पत्ता लगाउन सकिने व्यवस्था गरिनेछ ।
यो परियोजना अबको ३ महिनाभित्रै कार्यान्वयनमा ल्याउने तयारी गरेको निगमले जानकारी दिएको छ । वालेट सेवा सञ्चालनका लागि निवेदन दिएसँगै छलफल सकारात्मक भएकाले छिटै आवेदन दिने तयारी गरेको निगमको भनाइ छ ।
वालेट सेवा सञ्चालनको गर्ने अनुमति दिन राष्ट्र बैंक सकारात्मक भएपछि यसको तयारीमा अघि बढेको निगमले जानकारी दिएको छ । निगमले वालेट सेवा सञ्चालनमा ल्याए पनि अरु सेवा प्रदायकजस्तो व्यावसायिक भुक्तानी प्रयोजनका लागि भने यसको प्रयोग हुने छैन । तर, निगमलाई पम्प तथा ग्यास बोटलिङ प्लान्ट कम्पनीलगायतले भुक्तानी गर्नुपर्दा तथा आम ग्राहकले पेट्रोलपम्प तथा बिक्रेतालाई भुक्तानी गर्नुपर्दा यो एपको प्रयोग गर्न सकिन्छ । अब उपभोक्ताले पम्पबाट इन्धन खरिद गरेपछि डिजेल पेमेन्ट गर्न सक्नेछन् ।
अहिले राष्ट्र बैंकले यस्तो भुक्तानीमा सीमा निर्धारण गरेको छ । 
वालेट सेवा प्रदान गर्दा भुक्तानीको सीमाले समस्या हुनसक्ने भएपछि यसको नीतिगत सुधारका लागि समेत राष्ट्र बैंकसँग छलफल गरिरहेको निगमले बताएको जानकारी दिएको छ । राष्ट्र बैंकबाट समयमै अनुमति पाएसँगै ३ महिनाभित्रै यो कार्यान्वयनमा जाने गरी तयारी गरेको निगमको भनाइ छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।