logo

ढाकाजन्य बस्तु उत्पादनको प्रवद्र्घन गर्नसके मुलुककै व्यापार घाटा न्यूनीकरण हुने सरोकारवालाको भनाई

अब यसलाई फेसन इण्डष्ट्रीजसँग जोड्नुपर्छ : महासंघ अध्यक्ष गिरी

    1009   पटक पढिएको

१२ मंसिर /अर्थ र व्यापार – सम्वन्धीत क्षेत्रका सरोकारवाला एवं व्यवसायीहरुले ढाकाजन्य बस्तु उत्पादनको प्रवद्र्घन गर्नसके मुलुककै व्यापार घाटा न्यूनीकरण हुने बताएका छन । उनीहरुले नेपालमा स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत उच्च सम्भावना बोकेको ढाकाजन्य बस्तु उत्पादनको प्रवद्र्घन गर्न सके सहज रुपमा मुलुकको व्यापार घाटा न्यूनीकरण हुने दावी गरे । 
स्वदेशी ढाका कपडा र यसबाट बनेका बस्तुहरुको प्रवद्र्घन, बजारीकरण र ब्राण्डिङ गर्ने उद्देश्यले आगामी २ देखि ४ पुससम्म काठमाडौको बानेश्वर थापागाउँस्थित वानेश्वर वैंक्वेयटमा आयोजना हुने ढाका वस्तु प्रदर्शनीका बारेमा जानकारी दिन आईतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरी लगायतका व्यवसायीले यस्तो बताएका हुन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ह्याण्डुलम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा हुने सो प्रर्दशनी र सम्मेलनको तयारीका बारेमा जानकारि दिन आयोजित पत्रकार सम्मेलनमा 
महासंघका केन्द्रिय अध्यक्ष गिरीले अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था उच्च रहेको भन्दै अब ढाकाजन्य बस्तु उत्पादनलाई मुलुकको फेसन इण्डष्ट्रीजसँग जोडिनुपर्नेमा जोड दिए । हाल आन्तरिक र विश्व बजारमा ढाकाजन्य कपडाको माग बढ्दो क्रममा रहेको जानकारि गराउँदै गिरीले भने, ‘ अहिले यहाँ ८० करोड मिटर ढाकाजन्य कपडा उत्पादन भएको र २० हजार तान सञ्चालित रहेकाले २ करोड मिटर ढाकाको कपडा उत्पादन भईरहेको छ ।’ अब यसलाई फेसन  इण्डष्ट्रीजसँग जोडिनुपर्ने बेला भईसकेको उनको भनाई छ ।  
यसैगरि, उनले विभिन्न शिर्षक हस्तकलाका वस्तु वा सुती कपडा अन्तर्गत ढाकाका बस्तुहरु निर्यात भईरहेको जानकारी दिए । अहिले ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहे पनि निर्यात भएका ढाका उत्पादनहरुको लेखाजोखा र तथ्याङ्क राख्ने कार्य भने हुन नसकेको भन्दै उनले देशभर झण्डै ५० हजार भन्दा बढी रोजगारी सिर्जना गरेको यस व्यवसायको प्रवद्र्धन र गुणस्तर अभिबृद्धिको क्षेत्रमा पनि प्रभावकारी प्रयास हुनु आवस्यक भएको बताए । 
हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरुमा बजारको माग तथा बदलिँदो परिवेश अनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको  बताउँदै संघका अध्यक्ष रमेश श्रेष्ठले ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यवसायमा देखा परेका समस्याहरु तथा समाधानका उपायहरुको पहिचान गरेर सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सूती धागोमा भ्याट लगाउने कार्यका लागि विभिन्न स्वार्थ समूहबाट हुने अप्ठेरोबाट मुक्ति पाउन सरकारसित माग गरिएको बताए । 
यसैगरि, उनले आफुहरुको प्रयास लगायत ढाका उद्योग व्यवसायसंग सम्बन्धित यावत विषय बारे गहन छलफल गर्ने उद्देश्यले ढाका उद्यमी व्यवसायीहरुको राष्ट्रिय भेला तथा ढाका कपडाबाट उत्पादित विविध वस्तुहरु समावेश गरेर प्रदर्शनी समेत आयोजना गरिन लागेको बताए । 
सो भेला तथा प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटामा रेशाजन्य अल्लोका उत्पादनहरु राखिने आयोजक संघका अध्यक्ष तथा संयोजक श्रेष्ठले जानकारि दिए । 
घरेलु महासंघले २०५८ सालमा ढाका तथा पश्मिनाजन्य बस्तुहरुको बृहत प्रदर्शनी आयोजना गरेको पृष्ठभूमिमा यो दोस्रो ढाका कपडा प्रदर्शनी हुने उनले जानकारि दिए । 
विगतमा नेपाल घरेलु तथा साना उद्योग महासंघको पहलमा ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समिति गठन गरिएकोमा विविध कारणले यसलाई व्यवस्थित ढंगले अघि बढाउन नसकिएकोमा अब आगामी २ पुसमा आयोजना गरिने भेलाद्वारा सो संघलाई पुर्नगठन समेत गरिने पनि उनले जानकारि दिए । 
महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले ढाका कपडा परापूर्वकालदेखि चलि आएको परम्परागत उद्योग व्यवसायहरु मध्ये नेपालको एक मौलिक उत्पादन भएकाले थोरै पूँजी, परम्परागत प्रविधि र स्थानिय जनशक्तिमा आधारित ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा पनि सजिलैसंग संचालन गर्न सकिने राम्रो आम्दानीको स्रोत भईरहेको बताए । उनले देशको सुदूर पूर्वदेखि सुदूर पश्चिम सम्म सबै ग्रामिण, अर्धशहरी तथा शहरी क्षेत्रहरुमा घरायसी एवं व्यवसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन गर्ने कार्य हुदै आएको बताए । 
यसबाट एकातिर ग्रामिण क्षेत्रमा स्व–रोजगार तथा रोजगार एवं आय वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ भने अर्कोतिर अन्य मुलुकहरु खासगरेर अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायतका देशहरुमा निकासी भई वैदेशिक व्यापार घाटा न्यूनिकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पु¥याउदै आउनुका साथै आयातित कपडाहरुलाई प्रतिस्थापन गर्न सहयोग पु¥याउँदै आएको उनले जानकारि दिए । 
सो कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष मोहन कटुवाल लगायतको उपस्थिति रहेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।