logo

मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्रीसँग विद्यार्थी संगठनको माग

    1159   पटक पढिएको

८ मंसिर / अर्थ र व्यापार – संयुक्त विद्यार्थी संगठनले महँगी र मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री देउवासँग भेट गर्दै विभिन्न ६ विद्यार्थी संगठनले मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका हुन् ।
पछिल्लो समय इन्धन र खाद्यान्नको मूल्य चर्को वृद्धि भएको भन्दै उक्त मूल्यवृद्धि फिर्ता गर्नसमेत माग गरेका छन् । मूल्यवृद्धि नियन्त्रणका लागि भारतबाट मात्रै ल्याइने प्रशोधित इन्धनमाथिको एकाधिकार अन्त्य गर्दै अन्तर्राष्ट्रिय बजारबाट तेलजन्य कच्चा पदार्थ नेपाल आयात हुने वातावरण तयार गर्नसमेत उनीहरुले माग गरेका छन् । इन्धन व्यापारका विषय मात्रै नभएर जनताको दैनिक जीवनसँग जोडिएको आधारभूत आवश्यकता भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
‘यो संवेदनशील विषयमा नेपाल सरकार जवाफदेही भएर जनतालाई सहजरुपमा जीवनयापन गर्ने वातावरण तयार गर्नको लागि पेट्रोलियम पदार्थमा लगाएको कर घटाई मूल्यवृद्धि फिर्ता गर्न जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘मूल्य वद्धि फिर्ता नगरिए संयुक्त विद्यार्थी संगठन देशभर आन्दोलन सिर्जना गर्न बाध्य हुनेछ ।’
ज्ञापनपत्रमा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल लगायतले हस्ताक्षर गर्नुभएको छ । ६ विद्यार्थी सङ्गठनका नेताले प्रधानमन्त्री देउवालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।