logo

मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्रीसँग विद्यार्थी संगठनको माग

    869   पटक पढिएको

८ मंसिर / अर्थ र व्यापार – संयुक्त विद्यार्थी संगठनले महँगी र मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री देउवासँग भेट गर्दै विभिन्न ६ विद्यार्थी संगठनले मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका हुन् ।
पछिल्लो समय इन्धन र खाद्यान्नको मूल्य चर्को वृद्धि भएको भन्दै उक्त मूल्यवृद्धि फिर्ता गर्नसमेत माग गरेका छन् । मूल्यवृद्धि नियन्त्रणका लागि भारतबाट मात्रै ल्याइने प्रशोधित इन्धनमाथिको एकाधिकार अन्त्य गर्दै अन्तर्राष्ट्रिय बजारबाट तेलजन्य कच्चा पदार्थ नेपाल आयात हुने वातावरण तयार गर्नसमेत उनीहरुले माग गरेका छन् । इन्धन व्यापारका विषय मात्रै नभएर जनताको दैनिक जीवनसँग जोडिएको आधारभूत आवश्यकता भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
‘यो संवेदनशील विषयमा नेपाल सरकार जवाफदेही भएर जनतालाई सहजरुपमा जीवनयापन गर्ने वातावरण तयार गर्नको लागि पेट्रोलियम पदार्थमा लगाएको कर घटाई मूल्यवृद्धि फिर्ता गर्न जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘मूल्य वद्धि फिर्ता नगरिए संयुक्त विद्यार्थी संगठन देशभर आन्दोलन सिर्जना गर्न बाध्य हुनेछ ।’
ज्ञापनपत्रमा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल लगायतले हस्ताक्षर गर्नुभएको छ । ६ विद्यार्थी सङ्गठनका नेताले प्रधानमन्त्री देउवालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।